हिमालयन बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै « Khabarhub

हिमालयन बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । उक्त रकमको ऋणपत्र आगामी असारभित्रै निष्काशन गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ ।

ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको र आगामी हप्ताभित्र अनुमति पाउने बैंकको अपेक्षा छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले धितो बोर्डबाट अनुमति पाएलगतै राष्ट्र बैंकबाट अनुमति लिएर ऋणपत्र जारी गरिने बताए ।

हिमालय बैंकले १० प्रतिशत ब्याजदरमा ‘हिमालय बैंक २०८३’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : २१ बजे

तस्बिरमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ ।

कफी उत्पादक किसानलाई व्यावसायिक कफीखेती प्रविधि तालिम

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई व्यावसायिक

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी