प्रदेश २ मा एइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

प्रदेश २ मा एइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन नै सार्वजनिक भएको थियो ।

सोही विषयमा अनुसन्धान गर्दै सिआईबीले प्रहरी जवान दिपेन्द्र बहादुर मण्डल र ब्रह्मादेव सुनरैतसहितलाई पक्राउ गरेको थियो ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतसहित १२ जनाको विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतका अतिरिक्त शिक्षक मनोज कुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, श्रवण यादव, इन्दल यादवसहित नाम खुलाउन नमिल्ने अन्य ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : ३८ बजे

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र