प्रदेश २ मा एइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

प्रदेश २ मा एइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसइई) को विज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दार्ता गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गत चैत १० गतेबाट शुरु भएको एइई परीक्षाअन्तर्गत प्रदेश २ मा विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन नै सार्वजनिक भएको थियो ।

सोही विषयमा अनुसन्धान गर्दै सिआईबीले प्रहरी जवान दिपेन्द्र बहादुर मण्डल र ब्रह्मादेव सुनरैतसहितलाई पक्राउ गरेको थियो ।

सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतसहित १२ जनाको विरुद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रहरी जवान मण्डल र सुनरैतका अतिरिक्त शिक्षक मनोज कुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेश कुमार यादव, श्रवण यादव, इन्दल यादवसहित नाम खुलाउन नमिल्ने अन्य ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ५ : ३८ बजे

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी

लाङटाङ निकुञ्जका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुबाट प्रभावित किसानलाई राहत प्रदान गरिएको