मुस्ताङमा बिन्दास उपासना (तस्वीरहरु) | Khabarhub Khabarhub

मुस्ताङमा बिन्दास उपासना (तस्वीरहरु)


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ–  गत वर्ष आशा गरिएको फिल्म चलचित्र ‘क्याप्टेन’ व्यावसायिक रुपमा खासै चलेन । यो फिल्ममा अनमोल केसी र उपासना सिंह ठकुरीको शीर्ष भूमिका थियो । फिल्मले खासै चर्चा कमाउन नसके पनि अनमोलकी प्रेमिका बनेकी नवअभिनेत्री उपासना सिंह ठकुरीको भने खुबै तारिफ भयो ।

यही फिल्मबाट उनले चलचित्रमा सम्भावना बोकेकी नायिकाका रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् । हाल उनी आफ्नो दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को छायांकनमा घान्द्रुकमा छिन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन सकिन अझै केही समय लाग्नेछ ।

जम्बो टोलीका साथ मुस्ताङ पुगेकी उपासना त्यहाँ खुबै रमाएकी छिन् । सामाजिक सञ्जालमा पनि उनले मुस्ताङ र घान्द्रुक हुँदाका तस्वीरहरु शेयर गरेकी छिन् । यो फिल्ममा उपासनालाई फरक भूमिकामा देख्न पाइनेछ । र, दोस्रो फिल्मले पनि उनको वृत्तिलाई फाइदा दिने उनले आशा गरेकी छिन् ।

पछिल्लो समय धेरैको नजरमा परेकी उपासनाले मुस्ताङ तथा घान्द्रुकबाट शेयर गरेका केही तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरौँ तस्वीर:

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ३१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको