भोजपुर ट्रेल रेस फागुन ४ मा « Khabarhub

भोजपुर ट्रेल रेस फागुन ४ मा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि शुरु हुने भएको छ ।

मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरले जनाएको छ ।
रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र विस्तारका लागि नीति नै बनाएर लाग्ने बताउनुभयो ।
मीरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्वसमक्ष देशको नाम चिनाउन सफल भएकाले मीराको नाममा बहुउद्देश्य रङ्गशालासँगै सामुदायिक भवनसमेत निर्माण गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : २८ बजे

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल