निजी लगानीमा १५ शय्याको अस्पतालको सेवा सुरु  | Khabarhub Khabarhub

निजी लगानीमा १५ शय्याको अस्पतालको सेवा सुरु 


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुल्लु- दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा निर्मांण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ । दुल्लु नगरपालिकामा करीब  दुई करोड ५० लाखको लगानीमा १५ शय्याको आशाराम अस्पतालले शनिबारदेखि सेवा आरम्भ गरेको छ ।

दुल्लुमै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिए। यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षणसहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ । अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभदरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

अस्पतालको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताए।-रासस

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ०३ बजे

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैली

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।