दुर्घटना रोक्ने मोबाइल एप्स « Khabarhub

दुर्घटना रोक्ने मोबाइल एप्स


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- चालकबाट हुने सवारी दुर्घटनामा कमी ल्याउन नेपाल प्रहरीले ‘ट्राफिक कम्युनिकेसन एप्स’ सञ्चालनमा ल्याएको छ । विशेषगरी लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने कानूनी व्यवस्थालाई प्रविधिमार्फत सुनिश्चित गर्न यो एप्स सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यो एप्सको माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने प्रहरीको विश्वास छ । पहिलो चरणमा प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमही र बाँकेको कोहलपुर, काठमाडौँको नागढुङ्गा, प्रदेश २ अन्तर्गत सर्लाहीको कर्मैैयाबाट एप्स सञ्चालन गरिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए।

उनले भने, ‘यसको प्रयोगबाट लामो दूरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए÷नभएको पत्ता लगाउन सकिन्छ । जसका लागि एउटा निश्चित विन्दुमा सवारी चालकको तस्वीर खिची सवारीसाधनको नम्बर, प्रस्थान तथा गन्तव्यस्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ । ट्राफिक प्रहरीले चेकिङ प्वाइन्टमा जाँचको क्रममा चालकको तस्वीर र अनुहार जाँच तथा विवरणको आधारमा चालक बदली भए÷नभएको सहज रुपमा पत्ता लगाउन सक्छन्।’

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लामो दूरीको सवारीसाधनमा अनिवार्य दुई चालक हुनुपर्ने प्रावधान छ । तर, पालना नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत उक्त नियम पालना गराउन यो प्रविधि भित्र्याएको हो ।

नेपाल प्रहरीले शुरु गरेको ट्राफिक कम्युनिकेशन एप्सको प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आइतबार सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले उद्घाटन गर्दै एप्सको माध्यमबाट सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे।

प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले यो अभियान सवारी चालक, यातायात मजदुर, यातायात व्यवसायी र यात्रु सबैको हितमा रहेको बताए। पश्चिमाञ्चल यातायात व्यावसायी समिति बुटवलका अध्यक्ष दधिराम खरेलले एप्सको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले यस अभियानले सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख हेमबहादुर शाहीका अनुसार उक्त एप्स प्रयोगकर्ताले जीपीएस लोकेशन पनि थाहा पाउन सक्छन् भने एप्समा चालकको लाइसेन्स नम्बर, टाइमकार्डसमेत जाँच गर्ने सुविधा रहेको छ ।

प्रभावकारी सवारी व्यवस्थापन तथा सुरक्षित गन्तव्यका लागि यस एप्समा ट्राफिक सन्देश प्रवाह गर्ने व्यवस्थासमेत गरिएको छ । यो एप्स ओराकल कम्पनीको जाभा प्रोग्रामिङ ल्वाङ्ग्वेजको एन्ड्रोइड भर्सनमा विकास गरिएको हो । यो एप्स प्रयोगका लागि एन्ड्रोइड भर्सन ६ वा सो भन्दा माथिको मोबाइल फोन र इन्टरनेटको लागि मोबाइल डाटा वा कम्तिमा एक एमबीपीएस वाइफाइ सुविधा हुनुपर्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ९ : ४७ बजे

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन