ट्र्याक खुलेको बाह्र वर्षमा पनि सडक बनेन, यात्रुलाई सास्ती « Khabarhub

ट्र्याक खुलेको बाह्र वर्षमा पनि सडक बनेन, यात्रुलाई सास्ती


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको खलङ्गा –पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक (सडकमार्ग) खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ ।

कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भइ रहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले सास्ती खेप्नुपरेको छ । यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताए ।

करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हुँदैन । सडकको ट्र्याक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका–२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताए ।

डिभिजन सडक कार्यालय चौरजहारीले सडकको स्तरोन्नतितर्फ बेवास्ता गर्दा वर्षेनी स्थानीयवासीले सास्ती खेप्नुपरेको उनले बताए । दर्जनौँ स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुननसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ । खलङ्गादेखि पाँचकाटीया, पंैक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो यो ।

सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सडक डिभिजन र भेरी नगरपालिकाले बेवास्ता गर्दा बूढाबूढी, बिरामीलगायत सयौँ यात्रुलाई दैनिक सास्ती भएको पाँचकाटीयाका व्यापारी चक्रबहादुर थापाले बताए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : १९ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन