अमितको उत्कृष्ट ब्याटिङ, धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य | Khabarhub Khabarhub

अमितको उत्कृष्ट ब्याटिङ, धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमित श्रेष्ठको उत्कृष्ट ब्याटिङ प्रेरित धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा धनगढीले १ सय ३२ रन बनाएको हो ।

काठमाडौंविरुद्ध उत्कृष्ट ब्यटिङ गरेका युवा ब्याट्सम्यान अमित श्रेष्ठले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरे । उनले ५० बल खेल्दै ५० रन बनाउँदा काठमाडौंका नन्दन यादवले श्रेष्ठलाई बोल्ड गरे ।

त्यस्तै, धनगढीका लागि सन्दीप रजालीले २८ रन, सौरभ खनालले २५ रन बनाउँदा पवन शराफले १९ रन बनाएका थिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको काठमाडौंका लागि नन्दन यादवले उत्कृष्ट बलि गरे । उनले ३ ओभर ब लिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशी र अंकित डवासले समान एक—एक विकेट लिएका थिए ।

ताजा अवस्थामा जवाफी ब्याटिङ उत्रेको काठमाडौं गोल्डेन्सले ४ ओभधरमा ३० रन पुरा गरेको छ ।

काठमाडौंका ओपनिङ ब्याट्सम्यान गौरुव तोमरले २८ तथा अनिल शाह १ रनमा खेलीरहेका छन् । धनगढीका बलरहरुले विकेट लिने प्रयास गरेपनि सफल हुन सकिरहेका छैनन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : २९ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको