डीपीएलमा काठमाडौंको विजयी सुरुवात « Khabarhub

डीपीएलमा काठमाडौंको विजयी सुरुवात


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल)मा काडमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रस्तावित फाप्ला अन्राष्ट्रिय रंगशालामा भएको खेलमा काठमाडौंका मेहवुव आलमले चौका प्रहार गर्दै टिमलाई १ बल बाँकी रहँदै जीत दिलाए ।

धनगढीविरुद्ध काठमाडौंका अग्रपङ्तीका ब्याटस्म्यान गौरव तोमर, अङ्कीत डबास र अनिल कूमार शाहले राम्रो प्रदर्शन गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा काठमाडौंको ब्याटिङ कमजोर देखिएको थियो ।

तर, पाँचै विकेटका रुपमा मैदान प्रवेश गरेका मेहवुव आलम र सातौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम भुषालले नटआउट रहँदै क्रमैसँग १२ तथा १४ रन बनाउँदा काठमाडौंले १ बल बाँकी रहँदा लक्ष्य पुरा ग¥यो ।

काठमाडौंविरुद्ध धनगढीका रोहन मुस्तफाले उत्कृष्ट बलिङ गरेपनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, अमिर हायत र विपीन खत्र्रीले समान १-१ विकट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनको अर्धशतकमा धनगढीले काठमाडौंलाई १ सय ३३ रनको लक्ष्य दिएको थियो । २० ओभर पुरा खेलेको धनगढीले ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

काठमाडौंविरुद्ध उत्कृष्ट ब्यटिङ गरेका युवा ब्याट्सम्यान अमित श्रेष्ठले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरे । उनले ५० बल खेल्दै ५० रन बनाउँदा काठमाडौंका नन्दन यादवबाट बोल्ड आउट भए ।

त्यस्तै, धनगढीका लागि सन्दीप रजालीले २८ रन, सौरभ खनालले २५ रन बनाउँदा पवन शराफले १९ रन बनाएका थिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको काठमाडौंका लागि नन्दन यादवले उत्कृष्ट बलि गरे । उनले ३ ओभर बलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशी र अंकित डवासले समान १-१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ४५ बजे

पाँच जना फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर

कारागारबाट फरार कैदी भारत-नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर– कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल-भारत सीमा

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जबाफदेहिता