भगवान रामसँग थिएन पुष्पक विमान, रावणसँग थिए लडाकु विमान ! « Khabarhub

भगवान रामसँग थिएन पुष्पक विमान, रावणसँग थिए लडाकु विमान !


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दूधर्म ग्रन्थहरुमा भगवानहरुले पुष्पक विमान चढेको प्रशंग सुन्नु भएको होला । रामायणमा पुष्पक विमानको प्रसंग रावणसँग जोडिएर आउने गरेको छ ।

वनवासमा रहेको बेला सीताको हरण गर्न रावणले पुष्पक विमानको प्रयोग गरेका थिए भने उनकी वहिनी सुपर्णखालेसमेत पुष्पक विमानको प्रयोग गरेको कथाहरु पढ्न पाइन्छ । यसकै आधारमा लंकाका राजा रावणसँग धेरैवटा पुष्पक विमानहरु रहेको बुझ्न सकिने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।

त्रेता युगमा समेत विमानहरुको प्रयोग हुने गरेको प्रसंगले रोमाञ्चित हुनुभएको छ भने यसबारे धर्मग्रन्थहरुमा उल्लेख गरिएको केही तथ्य यस्ता छन् ।

धर्मग्रन्थहरुका अनुसार रावणसँग पुष्पक विमानका साथसाथै लडाकु विमानसमेत थिए । जसमध्ये एउटा विमानमा सीताको हरण गरिएको थियो र लंका लगिएको थियो । अन्य विमानहरुको प्रयोग रामसँगको युद्धमा प्रयोग भएका थिए ।

पुष्पक विमानको निर्माता विश्वकर्मा थिए । कथाहरुमा यस्तो पनि पाइन्छ कि पुष्पक विमान भगवान ब्रह्मासँग थियो जसलाई ब्रह्माले कुबेरलाई उपहार स्वरुप दिएका थिए । तर रावणले यो विमान कुवेरसँग हडपेर लिएर गए ।

रावणको मृत्युपछि यो पुष्पक विमानमा विभीषणको अधिकार रह्यो र विभीषणले यो विमान कुवेरलाई दिए । कुवेरले यो विमान रामलाई उपहार दिएका थिए । र, लंका जितेपछि राम, सीता, लक्ष्मण र हुनमान यही विमानमा चढेर अयोध्या पुगेका थिए ।

यस्ता थिए पुष्पकविमानका विशेषता

बाल्मीकि रामायणमा गरिएको वर्णन अनुसार यो विमान मयुरकोे आकारको थियो ।

यसको गति निकै तिव्र थियो र चालकको इच्छा अनुसार यसलाई कुनै पनि स्थानमा लैजान सकिन्थ्यो ।

अचम्म लाग्ने कुरा त यसलाई आवश्यकता अनुसार सानो ठूलो बनाउन सकिन्थ्यो ।

यो रातको समयमा पनि उड्न सक्थ्यो ।

सबै ऋतुहरुका अनुसार यो विमानमा सुत्ने, मणिहरुले सजिएको ढोका र सिँढिहरु थिए ।

यो विमानमा गोप्य कक्ष पनि थियो भने नीलमले बनेको सिंहासन पनि थियो ।

यो विमान एक स्थानबाट अर्को स्थानमा मात्र होइन एक ग्रहबाट अर्को ग्रहमा पनि जानसक्ने खालको भएको धर्मग्रन्थहरुमा व्याख्या गरिएको छ ।

पुष्पक विमान जसले पायो त्यसले चलाउन सक्दैन थियो त्यसका लागि विमान सञ्चालन सम्बन्धी मन्त्र सिद्ध हुनुपर्ने व्यवस्था थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : ५७ बजे

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,