प्रदीपका लागि ‘लभ स्टेशन’ किन चल्नुपर्छ? « Khabarhub

प्रदीपका लागि ‘लभ स्टेशन’ किन चल्नुपर्छ?


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता प्रदीप खड्कालाई कतिपयले अर्का लोकप्रिय अभिनेता अनमोल केसीका प्रतिस्पर्धीका रुपमा समेत तुलना गर्ने गर्छन् । यतिबेला भने फिल्मी बजारमा प्रदीप गौण छन्, अनमोल हाइपमा छन् । किनकि, अनमोलको फिल्म ‘क्याप्टेन’ चर्चामा छ ।

त्यसो त प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने ‘लभ स्टेशन’ चैत्र २२ गते रिलिज हुँदैछ । पहिलो यो फिल्म पनि नयाँ वर्षको अवसर पारेर चैत्रको अन्तिममै रिलिज हुने हल्ला थियो । तर, वितरकले यो फिल्मको रिलिज मिति अगाडि सरेको बताएका छन् । प्रदीप सामाजिक सञ्जालमा पनि त्यति सक्रिय देखिँदैनन् ।

तस्वीर – निर्माण टिम

अब कुरा गरौँ, प्रदीपका लागि यो फिल्म कति महत्त्वपूर्ण छ?

फिल्मकर्मीहरु प्रदीपलाई ‘लभ स्टेशन’ चल्नैपर्ने दबाब भएको बताउँछन् । प्रदीपको अघिल्लो फिल्म ‘लिलिबिली’ ले त बरु मिश्रित प्रतिक्रिया पाएको थियो । तर, पछिल्लो फिल्म ‘रोज’ ले भने दर्शकको मन जित्न सकेको थिएन । फिल्मको कथालाई लिएर कति दर्शकले त गाली समेत गरेका थिए ।

फिल्म नचल्दा प्रदीपका फ्यान नघटे पनि अब पनि फिल्म नचल्दा प्रदीपको फ्यान फलोइङमा भने असर पर्न सक्छ । किनकि, उनले ‘प्रेमगीत’ सिरिजबाट जुन तारिफ बटुलेका थिए, पछिल्लो फिल्ममा भने त्यो क्रेज घटेको छ ।

अनमोल केसीसँग प्रतिस्पर्धीका रुपमा हेरिएका प्रदीपको यो फिल्म पनि दर्शकको रुचिअनुसार बन्न सकेन भने प्रदीपको करिअरमा धक्का पुग्ने फिल्मकर्मीले अड्कल काटेका छन् । प्रदीपलाई आफ्नो क्रेज थप्न अझ बढी मेहनत गर्नुपर्ने छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १० बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ