प्रदीपका लागि ‘लभ स्टेशन’ किन चल्नुपर्छ? | Khabarhub Khabarhub

प्रदीपका लागि ‘लभ स्टेशन’ किन चल्नुपर्छ?


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता प्रदीप खड्कालाई कतिपयले अर्का लोकप्रिय अभिनेता अनमोल केसीका प्रतिस्पर्धीका रुपमा समेत तुलना गर्ने गर्छन् । यतिबेला भने फिल्मी बजारमा प्रदीप गौण छन्, अनमोल हाइपमा छन् । किनकि, अनमोलको फिल्म ‘क्याप्टेन’ चर्चामा छ ।

त्यसो त प्रदीप खड्का र जसिता गुरुङको अभिनय रहने ‘लभ स्टेशन’ चैत्र २२ गते रिलिज हुँदैछ । पहिलो यो फिल्म पनि नयाँ वर्षको अवसर पारेर चैत्रको अन्तिममै रिलिज हुने हल्ला थियो । तर, वितरकले यो फिल्मको रिलिज मिति अगाडि सरेको बताएका छन् । प्रदीप सामाजिक सञ्जालमा पनि त्यति सक्रिय देखिँदैनन् ।

तस्वीर – निर्माण टिम

अब कुरा गरौँ, प्रदीपका लागि यो फिल्म कति महत्त्वपूर्ण छ?

फिल्मकर्मीहरु प्रदीपलाई ‘लभ स्टेशन’ चल्नैपर्ने दबाब भएको बताउँछन् । प्रदीपको अघिल्लो फिल्म ‘लिलिबिली’ ले त बरु मिश्रित प्रतिक्रिया पाएको थियो । तर, पछिल्लो फिल्म ‘रोज’ ले भने दर्शकको मन जित्न सकेको थिएन । फिल्मको कथालाई लिएर कति दर्शकले त गाली समेत गरेका थिए ।

फिल्म नचल्दा प्रदीपका फ्यान नघटे पनि अब पनि फिल्म नचल्दा प्रदीपको फ्यान फलोइङमा भने असर पर्न सक्छ । किनकि, उनले ‘प्रेमगीत’ सिरिजबाट जुन तारिफ बटुलेका थिए, पछिल्लो फिल्ममा भने त्यो क्रेज घटेको छ ।

अनमोल केसीसँग प्रतिस्पर्धीका रुपमा हेरिएका प्रदीपको यो फिल्म पनि दर्शकको रुचिअनुसार बन्न सकेन भने प्रदीपको करिअरमा धक्का पुग्ने फिल्मकर्मीले अड्कल काटेका छन् । प्रदीपलाई आफ्नो क्रेज थप्न अझ बढी मेहनत गर्नुपर्ने छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १० बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर