रुपन्देहीद्वारा महेन्द्रनगरसमक्ष झिनो लक्ष्य « Khabarhub

रुपन्देहीद्वारा महेन्द्रनगरसमक्ष झिनो लक्ष्य


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेड समक्ष १ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको रुपन्देही २० ओभरमा अल आउट हुँदै १ सय ११ रन बनाएको हो । महेन्द्रनगर युनाइटेडका बलरको सशक्त प्रदर्शन रह्यो ।

रुपन्देहीका लागि सुमित महर्जनले २५ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले धेरै रन जोड्न सकेनन् । विनोद भण्डारीले १९ रन, विक्रम सोवले १६ तथा सन्दीप सुनारले १५ रन बनाएका थिए । कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शुन्यमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

रुपन्देहीविरुद्ध महेन्द्रनगरका सिद्धान्त लोहनी, सागर ढकाल, अभिनास बोहराले उत्कृष्ट बलिङ गरे । सिद्धान्तले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र अभिनास बोहराले समान २—२ विकेट लिए भने कप्तान शरद भेषावकरले १ विकेट लिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ११ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल