सलिनमानको ‘यात्रा’ टिजरपछि गीत रिलिज (भिडियो) « Khabarhub

सलिनमानको ‘यात्रा’ टिजरपछि गीत रिलिज (भिडियो)


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘यात्रा’ ले गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले युट्युबमार्फत ‘पन्छ पन्छी’ बोलको गीत सार्वजनिक गरेको हो ।

मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको यो गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् भने प्रतीक पौडेलले संगीतसँगै शब्द लेखेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाह्नवी बस्नेत, विशाल कटुवाल, मालिका महत, धिरेन शाक्य, राजाराम पौडेल लगायत कलाकारले अभिनय गरेका छन् ।

हिमाल केसीको द्वन्द्व रहेको यो फिल्ममा कथा प्रतीक पौडेल, सुरेश न्यौपाने र शिशिर खातीको रहेको छ । यस्तै सञ्जय लामाको डीओपी र वनिष शाहको सम्पादन रहेको फिल्मको निर्माण सुशील पोखरेलले गरेका हुन् ।

फिल्ममा कथा र स्किृप्ट निर्देशक शाक्यकै रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १० बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको