प्रहरी

मोटरसाइकल चोरीको आरोपमा पाँच पक्राउ

By खबरहब

February 11, 2019

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नम्बरको पल्सर मोटरसाईकल, गोकर्णेश्वर नगरपालिकाबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नम्बरको २०० सिसीको मोटरसाइकल, माकलबारीबाट बा ७० प ७२५४ नम्बरको एनएसपल्सर र बा २९ प ५१२१ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

प्रहरीले खोजतलासका क्रममा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका भोजबहादुर योञ्जन, रामबहादुर योञ्जन र मदन लामा छन् ।

त्यस्तै माघ १३ गते गोकर्णेश्वरबाट हराएको बा ५३ प ४०७४ नम्बरको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । पक्राउ पर्नेमा दोलखाका निमासाङ्गे शेर्पा र ललितपुरका सुजन तामाङ छन् ।