गोकर्ण विष्टको योजना– चैतमा बेरोजगार युवाको तथ्यांक संकलन, असारभित्र निर्वाह भत्ता « Khabarhub

गोकर्ण विष्टको योजना– चैतमा बेरोजगार युवाको तथ्यांक संकलन, असारभित्र निर्वाह भत्ता


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चैत महिनादेखि बेरोजगार युवाको तंथ्याक संकलन गर्ने भएको छ । त्यसका लागि सरकारले आगामी फागुन १ गतदेखि प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याउने भएको छ ।

उक्त कार्यक्रमका विषयमा जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रालयमै आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले फागुन १ गतेदेखि कार्यक्रम लागू गर्ने, चैत महिनाभित्र बेरोजगार युवाको तंथ्याक संकलन गर्न र असार मसान्तभित्र रोजगारी नपाएका युवालाई निर्वाह भत्ता वितरण गरिने जानकारी दिइएको छ ।

सरकारले देशभित्र रोजगारीको विकास गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले जानकारी गराए ।

बाध्यताकारी वैदेशिक रोजगारी अन्त्य गर्दै देशभित्र रोजगारीमैत्री वातावरण बनाउन लागि सरकारले काम गरिहेको मन्त्री विष्टले बताए । उनले भने, ‘अब नेपाली युवावर्ग ३० हजार कमाउन खाडी र मलेसिया जानु पर्दैन । राज्यले देशभित्रै रोजगारीको ग्यारेन्टी गर्दैछ । सरकारले नै बेरोजगार युवालाई रोजगारीको खोजेर काम दिन्छ ।’

प्रधानमन्त्री रोजगार कार्याक्रम सवै स्थानीयतहबाट लागू गरिने कार्याक्रमका संजोजक प्रकाश दाहालले जानकारी दिए । जसका लागि रोजगार व्यवस्थापन सूचना प्रणाली लागू गर्न उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष (आव) २०७९ /८० सम्ममा बाध्यकारी रोजगारी रोक्ने लक्ष्य लिएको छ । यसका लागि युवालक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारीका साथै उद्यमी बन्न सहुलियत ब्याजदरमा ऋण प्रवाहसम्मको सुविधा दिने उद्देश्य सरकारले लिएको छ ।

सरकारले देशभित्र रोजगारीका क्षेत्र तथा सम्भावित अवसरको पहिचान गरेर अन्तर मन्त्रालय छलफल गरिरहेको छ । श्रम मन्त्रालयले शिक्षा, पर्यटन, उद्योग, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार राष्टिय गौरवका आयोजना, स्वास्थ्य र खानेपानी लगायतका १४ क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना लिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ५ : १७ बजे

पुटिन-अमेरिकी राजदूत भेट्न तयार

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मंगलबार

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

बेलबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी