अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने चिन्ता « Khabarhub

अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने चिन्ता


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सीमा सुरक्षाका विषयमा अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता असफल भएपछि अमेरिकामा फेरी सरकारी कामकाज ठप्प हुनसक्ने चिन्ता शुरु भएको छ ।

सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच भएको वार्ता असफल भएको हो ।  दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्र्याट नेताहरुले १६ हजार ५ सयभन्दा धेरै आप्रवासीलाई बन्दी बनाउन नहुने पक्षमा रहेको बताइन्छ ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी र अन्य संघीय निकायको खर्च गर्ने म्याद यही शुक्रबार सकिँदैछ । दुबै पार्टीबीच सोमबारभित्र सम्झौता भई कङ्ग्रेसबाट शुक्रबार अघि नै यसविषयको प्रस्ताव पारित गराउने कार्यक्रम तय भएको थियो । तर, सहमतिका लागि भएको छलफलमा कुनै उपलब्धी नभएपछि अमेरिककमा सरकारी कामकाज ठप्प हुनसक्ने चिन्ता बढेको हो ।

सोमबारभित्र सम्झौता गर्ने अन्तिम तयारी भइरहेपनि तत्काल त्यसको संभावना निकै कम रहेको नेताहरुले जनाएका छन् । यसअघि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विषयमा गतमहिना अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिन सरकारी कामकाज ठप्प भएको थियो । त्यसबाट अमेरिकी अर्थतन्त्रले १ अर्ब १० करोड भन्दा धेरै नोक्सान व्यहोरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ४७ बजे

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको

अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका-२ स्थित