अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने चिन्ता « Khabarhub

अमेरिकामा फेरि सरकारी कामकाज ठप्प हुने चिन्ता


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सीमा सुरक्षाका विषयमा अमेरिकी राजनीतिक पार्टीबीच भएको वार्ता असफल भएपछि अमेरिकामा फेरी सरकारी कामकाज ठप्प हुनसक्ने चिन्ता शुरु भएको छ ।

सीमा सुरक्षाका विषयमा अमेरिकाका दुई राजनीतिक पार्टीहरु रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका नेताहरुबीच भएको वार्ता असफल भएको हो ।  दुई पार्टीका नेताहरुबीच बन्दी बनाइने अवैध आप्रवासीको सङ्ख्याका विषयमा मतभेद देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेमोक्र्याट नेताहरुले १६ हजार ५ सयभन्दा धेरै आप्रवासीलाई बन्दी बनाउन नहुने पक्षमा रहेको बताइन्छ ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी र अन्य संघीय निकायको खर्च गर्ने म्याद यही शुक्रबार सकिँदैछ । दुबै पार्टीबीच सोमबारभित्र सम्झौता भई कङ्ग्रेसबाट शुक्रबार अघि नै यसविषयको प्रस्ताव पारित गराउने कार्यक्रम तय भएको थियो । तर, सहमतिका लागि भएको छलफलमा कुनै उपलब्धी नभएपछि अमेरिककमा सरकारी कामकाज ठप्प हुनसक्ने चिन्ता बढेको हो ।

सोमबारभित्र सम्झौता गर्ने अन्तिम तयारी भइरहेपनि तत्काल त्यसको संभावना निकै कम रहेको नेताहरुले जनाएका छन् । यसअघि मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने विषयमा गतमहिना अमेरिकामा इतिहासकै सबैभन्दा लामो ३५ दिन सरकारी कामकाज ठप्प भएको थियो । त्यसबाट अमेरिकी अर्थतन्त्रले १ अर्ब १० करोड भन्दा धेरै नोक्सान व्यहोरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ४७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र