विद्यार्थीको आन्दोलनले उपचार प्रभावित « Khabarhub

विद्यार्थीको आन्दोलनले उपचार प्रभावित


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– विभिन्न चार बुँदे माग राख्दै गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले थालेको आन्दोलनले उपचार प्रभावित बनेको छ ।

अतिरिक्त शुल्क तत्कालै फिर्ता गर्नुपर्ने, सरकारले तोकेको शुल्क लिनुपर्ने, विद्यार्थीले तिरेको रकमको बिल उपलब्ध गराउनुपर्ने, परीक्षामा सामेल हुन र परीक्षाफल हेर्नमा रोक लगाउन नपाइने लगायतका चार बुँदे माग राख्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।

गत माघ १७ गते देखि विद्यार्थीहरु शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । उनीहरुले आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । प्रशासनले आफूहरुको मागको बेवास्ता गरेको भन्दै कलेजको प्राङ्गगणमा रिले अनसन जारी राखेका छन् ।

पटकपटक कलेज प्रशासनसँगको वार्ता विफल भएपछि आन्दोलरत विद्यार्थीहरुले पोखरा पृथ्वीचोक स्थित अस्पतालको इर्मेजेन्सी, ओपिडि, टिकट काउन्टरमा तालाबन्दी गरिदिएका छन् । आन्दोलनरत विद्यार्थीहरुले तालाबन्दी गरिदिएपछि उपचार सेवा प्रभावित भएको छ । उपचार गर्नका लागि अस्पताल पुगेका सेवाग्राहिहरु फर्किन बाध्य छन ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३४ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक