आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अवज्ञाकारीको सूचीमा « Khabarhub

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अवज्ञाकारीको सूचीमा


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ ।

पीडित पक्षले मानमर्दन हुनेगरी कपोकल्पित, झुठो, समाचार प्रकाशन÷प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएका आधारमा त्यसबारे पटकपटक पत्र पठाउँदासमेत बेवास्ता गरेको भन्दै ती सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखिएको सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिए । काउन्सिलले गरेको स्वअनुगमनका क्रममा समेत आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा टाइम्स साप्ताहिक (कास्की, पछि नाम फेरिएको नादा एक्सप्रेस), ‘स्वराज साप्ताहिक’, ‘फास्ट टाइम्स दैनिक’ (सुनसरी), र ‘गोरखापत्र दैनिक’ (काठमाडौँ) छन् । काउन्सिलको आचारसंहिता अनुगमन उपसमिति (छापा)को विभिन्न समयमा बसेको बैठकको निर्णयानुसार अवज्ञाकारीको सूचीमा राख्ने निर्णय भएको हो ।

आचारसंहिता पालनाका लागि काउन्सिलले पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटकपटक गरिएका कारवाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : २७ बजे

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

म्याग्दी– स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीको आकर्षण

कालानमक धान लोप हुँदै

बाँके– बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु हुँदै

जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो