भारतमा अर्थ मन्त्रालयका थप २० कर्मचारीलाई वित्तीय व्यवस्थापन तालिम « Khabarhub

भारतमा अर्थ मन्त्रालयका थप २० कर्मचारीलाई वित्तीय व्यवस्थापन तालिम


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रालय अन्तर्गत दोस्रो ब्याचमा २० जना कर्मचारलीले भारतमा सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी तालिम लिइरहेका छन् । उनीहरुलाई इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ले तालिम दिइरहेको छ ।

तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको छ । कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो ।

यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

प्रथम ब्याचका २० नेपाली कर्मचारीहरुले २०७५ माघ १० गते १० दिन लामो तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए । तालिम दिने संस्था भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया