अर्थतन्त्रको मुख्य आधार नै कृषिः मुख्यमन्त्री राई « Khabarhub

अर्थतन्त्रको मुख्य आधार नै कृषिः मुख्यमन्त्री राई


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

उनले कृषिलाई उद्योगका रुपमा विकाश गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशका रुपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जानकारी गराए । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताए ।

कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार एक बिगाहा क्षेत्रफलमा करीब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो ।

सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समूह तथा सात वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र