अर्थतन्त्रको मुख्य आधार नै कृषिः मुख्यमन्त्री राई « Khabarhub

अर्थतन्त्रको मुख्य आधार नै कृषिः मुख्यमन्त्री राई


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताएका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

उनले कृषिलाई उद्योगका रुपमा विकाश गर्दै प्रदेशलाई भविष्यमा रासायानिक र विषादी मुक्त गर्दै अग्र्यानिक प्रदेशका रुपमा घोषणा गर्ने तयारीका साथ सरकार अघि बढेको जानकारी गराए । जैविक मल उद्योग प्रदेशकै गौरव भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको बजेटबाट उद्योगले अनुदान प्राप्त गर्ने बताए ।

कृषिलाई आधुनिकीकरणसँगै अर्गानिक बनाएर लानुपर्ने आवश्यकता महसुस भइरहेको बेला जैविक मलको उद्योग स्थापना गरिएको सञ्चालक एवम् प्राविधिक कृष्णचन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार एक बिगाहा क्षेत्रफलमा करीब रु दुई करोडको लागतमा उद्योग स्थापना गरिएको हो ।

सो उद्योगमा मोरङसहित झापा र इलामका तीन वटा कृषक समूह तथा सात वटा कृषि सहकारीका सदस्य आबद्ध छन् । सो उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ८ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको