स्पेनी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्नसक्ने « Khabarhub

स्पेनी प्रधानमन्त्रीले आकस्मिक चुनावको घोषणा गर्नसक्ने


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले आगामी अप्रिल १४ का लागि आम निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन् । अज्ञात सरकारी श्रोतलाई उद्धृत गर्दै स्पेनको सरकारी समाचार संस्था इएफइले जनाएअनुसार प्रधानमन्त्री सान्चेजले अप्रिलमा राष्ट्रिय चुनावको घोषणा गर्ने विचार गरिरहेका छन् ।

यस वर्षको बजेट विधेयकका विषयमा संसद्मा मतदान हुन लागेका बेला सान्चेजले चुनावको घोषणा गर्न लागेका हुन् । यस मतदानमा समाजवादी पार्टीको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गरेको विधेयक असफल हुने अनुमान गरिएको छ ।

सन् २०२० सम्म म्याद रहेको सरकारले पछिल्लो समय अलोकप्रिय बन्दै गएको बताइन्छ । संसद्मा समाजवादी पार्टीको केबल एक चौथाई सिट मात्रै रहेकाले सरकार स–साना पार्टीको सहयोगमा स्थापित छ ।

त्यसबाहेक सन् २०१७ मा क्याटालोनियामा स्वतन्त्रताका लागि भएको जनमत सङ्ग्रहको विषयमा मंगलबार १२ जना क्याटालन नेताविरुद्धको सुनुवाई हुँदैछ । यद्यपि सरकारमा सहभागी साना दलहरु पनि सरकारले प्रस्तुत गरेको बजेट विधेयकको विपक्षमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला सर्वेक्षणमा स्पेनमा दक्षिणपन्थी पार्टीहरुले संसद्मा बहुमत ल्याई सरकार बनाउनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ३० बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको