चरित्र हत्या गरेको भन्दै पत्रकारको उजुरी « Khabarhub

चरित्र हत्या गरेको भन्दै पत्रकारको उजुरी


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारत्रय पुण्यप्रसाद धमला, बालकृष्ण शर्मा र दीपक अर्यालको चरित्र हत्या भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकारहरु धमला, शर्मा र अर्यालले आफूहरुविरुद्ध टेलिभिजन व्यवस्थापनले चरित्र हत्या गरेको भन्दै महासंघमा उजुरी दिएपछि महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

एभिन्यूज टेलिभिजन व्यवस्थापनले आज विहान पत्रकारत्रयले सामान नबुझाई टेलिभिजन छाडेकाले भन्दै सामान बरबुझारथ गर्न आउने व्यहोराको सूचना पत्रिकामा प्रकाशन गरेको थियो ।

खबरहवसँग कुरा गर्दै पत्रकार धमलाले आफूहरुसँग टेलिभिजनको कुनै सामान नरहेको तथा टेलिभिजन व्यवस्थापनले समयमा पारिश्रमिक भुक्तानी नगर्दा टेलिभिजन छाडेको बताए ।

त्यस्तै पत्रकार शर्माले पनि पारिश्रमिक समयमै नभएकाले टेलिभिजन छाडेको तर कुनै सामान बुझाउन बाँकी नरहेको दाबी गरे ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ७ : ४८ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस