भारतमाथि नेपाली महिला फुटबल टोलीको ऐतिहासिक जीत « Khabarhub

भारतमाथि नेपाली महिला फुटबल टोलीको ऐतिहासिक जीत


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय महिला टोलीमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार भारतको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ५ औं मिनेटमा पहिलोे गोल गर्दै भारतविरुद्ध टिमलाई १—० को अग्रता दिलाएकी थिइन् ।

त्यसको २ मिनेटभित्रै अर्थात् खेलको ७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सावित्राले टिमलाई दोहोरो अग्रता दिलाइन् ।
पहिलो हाफमै नेपालसँग २—० गोलले पछि रहेको भारतले खेलको ८४ औ मिनेटमा गोल एक गोल फर्काएको थियो । भारतका लागि रतन बालादेवीले गोल गरेकी थिईन् ।

भारतमाथि जित निकालेको नेपाल ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानमारले लगातार दुई खेलमा जित निकाल्दै ६ अंक बनाएको छ । लिगको अन्तिम खेल नेपालले इरानसँग खेल्नेछ ।

जितपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले भारतलाई उसैको मैदानमा पराजित गर्ने सपना पुरा भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ०९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने