खुट्टा काटेपछि कुशल नृत्यंगना बनिन् यी सुन्दरी (फोटोफिचर) « Khabarhub

खुट्टा काटेपछि कुशल नृत्यंगना बनिन् यी सुन्दरी (फोटोफिचर)


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मानिसलाई हिडडुल गर्न खुट्टाको साहारा चाहिन्छ । तर, अचम्म के छ भने बेलायतकी एक युवती आफ्नो खुट्टा काटेपछि मात्र कुशल नृत्यंगना बनेकी छन् ।

खासमा कुरा के थियो भने उनी बाल्यकालमा दुर्घटनामा परेपछि उनको बाँया हिप र खुट्टामा समस्या परेको थियो । जसका कारण उनीभित्रको प्रतिभा कुन्ठित थियो । दुर्घटनाकै कारण उनी हिडडुल गर्न सक्ने अवस्था समेत टर्दै जाने सम्भावना बढ्दै गएको थियो ।

बारम्बार उनी आफ्नो खुट्टा काट्न चाहान्थिन् । तर डाक्टर झन खतरा हुने अवस्था देखेर खुट्टा काट्न मानिरहेका हुन्थेनन् । बेलायती यी युवतीले आफ्नो खुट्टा काट्नकै लागि डाक्टरलाई पाँच वर्षसम्म फकाउनुपरेको थियो ।

खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक कुशल गायिका तथा डान्सरको रुपमा स्थापित गरेकी छिन् । ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले खुट्टा काटिएपछि विभिन्न डिजाइनका नक्कली खुट्टाको साहारामा कार्यक्रममा प्रस्तुत हुन्छिन् । हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा भएको एक प्रस्तुतिले उनको व्यापक चर्चा भइरहेको छ ।

लात्भियामा जन्मिएकी उनी हाल अमेरिकामा बस्छिन् । उनी १२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णयमा पुगेकी थिइन् ।

उनले भिक्टोरियामा एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि जीवनमा धेरै खुसी पाएँ । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले हेरिनन् । मलाई अनाथालय पठाउन दबाब समेत दिइएको थियो ।’

बाल्यकालदेखि नै परेको बज्रपातलाई उनले साहसमाब बदल्लै आफूभित्रको खुबी अहिले आम दर्शकमाझ पस्किँदै आएकी छिन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ८ : ४१ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा