प्रधानमन्त्रीले भने– आजपनि रातो कार्पेटमा हिँडेको कोही फोटो खिच्न आएनन् ! « Khabarhub

प्रधानमन्त्रीले भने– आजपनि रातो कार्पेटमा हिँडेको कोही फोटो खिच्न आएनन् !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल पार्न विभिन्न भ्रमहरु फैलाउने काम भइरहेको आरोप लगाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बिहीबार काठमाडौँमा आयोजित संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना विषयक राष्ट्रिय कार्यशाला उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले केही तत्व सरकारविरुद्ध भ्रम फैलाउन लागिपरेपनि सरकार आफ्नो काममा अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले बुधबार त्रिभुवन विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुने क्रममा हिलोमाथि रातो कार्पेटमा हिँडेको विषय समाचार बनेको प्रतिपनि असन्तुष्टि व्यक्त गरेका छन् ।

‘हिजो हिलो छोप्न कार्पेट राखेका रहेछन् । हिजो पनि र आज पनि म रातो कार्पेटमा नै हिँडे ओलीले भने, ‘तर आज रातो कार्पेटमा हिँडेको फोटो खिच्न पत्रकार आएनन् ।’ यो समाचार योजनाबद्ध रुपमा आएको ओलीको भनाइ थियो ।

उनले आफू प्रधानमन्त्री बन्नु भन्दापहिलादेखि नबनेका बाटो हिलो हुँदा पनि सरकारलाई नै दोष दिइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासबाट आएको पत्रका बारेमा आफूलाई जानकारी नदिएको बताए ।

भारतीय पक्षले विभिन्न ठाउँमा कुटनीतिक प्रयास गर्दा पनि आफूलाई जानकारी नदिनुले आफू लज्जिलत हुनपरेको र यसप्रति आफू क्षमाप्रार्थी रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले यसबारे बुझ्ने बताए । ‘यो जानाजान भएको हो या लापरवाहीका कारण हो थाहा भएन यसबारे म बुझ्नेछु ’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १२ : ०८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।