विराटले राम्रो कप्तानी गर्न नसकेको सचिन र गांगुलीको आरोप « Khabarhub

विराटले राम्रो कप्तानी गर्न नसकेको सचिन र गांगुलीको आरोप


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा पराजित भएपछि कप्तान विराट कोहलीमाथि पनि प्रश्न उठ्न थालेको छ ।

भारतीय टोलीका पूर्व कप्तान सौरभ गाङ्गुली र बिबीएस लक्ष्मणले धोनीलाई सातौं नम्बरमा मैदान प्रवेश गराउनुलाई रणनीतिक रुपमा गम्भिर भुल भएको बताएका छन् ।

हार्दीक पाण्ड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले नै मैदान उतारिएको थियो । जहाँ भारतले ५ रनमा शुरुकै तीन विकेट गुमाइसकेको थियो ।

त्यसपछि खेलमा जम्मा २४ रन हुँदा भारतले ४ विकेट गुमाइसकेको थियो । भारतलाई न्यूजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य विशाल बन्यो र १८ रनले पराजित भयो ।

टोली विश्वकपबाट बाहिरिएपछि लक्ष्मणले भने,‘धोनीले पाण्ड्या भन्दा अगाडि आउनु पर्ने थियो । यहाँ रणनीतिक कमजोर देखियो । धोनी दिनेश कार्तिक भन्दा पनि पहिले आउनु पथ्र्यो । धोनीका लागि सामान्य अवस्था थियो । सन् २०११ को विश्वकप फाइनलमा धोनी युवराज सिंह भन्दा अगाडि चौथो नम्बरमा मैदान प्रवेश गरेका थिए । जुन विश्वकप भारतले जीतेको थियो ।’

२०११ को फाइनलमा श्रीलंकाविरुद्ध धोनी अग्रपंतीका ब्याट्सम्यान विरेन्द्र सहवाग, सचिन तेन्दुलकर र विराट कोहली सस्तैमा आउट भएपछि मैदान उतारिएका थिए ।

भारतीय टोलीका पूर्व कप्तान सौरभ गांगुलीले भने,‘यदि धोनी अगाडि आएका हुन्थे भने अर्को पट्टीबाट ब्याटिङमा साथ दिइरहेको युवा खेलाडीलाई सम्हालिएर खेल्न भन्थे ।’

क्रिजमा रहेका रिसव पन्त सेट भइसकेका थिए । तर, उनले न्यूजिल्यान्डका मिचेल सेन्टनरको राम्रो स्पीनमा नराम्रो सर्ट प्रहार गर्दै आउट भए । यस्तोमा उनलाई साथ दिइरहेको अनुभवी खेलाडी भएको भए उनलाई सम्झाउन सक्थे ।

गांगुलीले थपे,‘यस्तो अवस्थामा अनुभवी खेलाडीको आवश्यकता पर्छ । पन्त खेलिरहँदा यदि धोनी क्रिजमा हुन्थे भने उनलाई यस्तो सर्ट प्रहार गर्न दिन्थेनन् । जस्तो जडेजा ब्याटिङमा हुँदा धोनी ब्याटिङमा थिए । उनीहरु दुवै जनामा राम्रो कुराकानी भइरहेको थियो । तपाई धोनीलाई सात नम्बरमा मैदान उर्तान सक्नु हुन्न ।’

विराट कोहलीले धोनीलाई सात नम्बरमा मैदान उतारेर गल्ती गरेको सचिनलाई पनि लाग्छ । धोनी चौथो नम्बरमा मैदान उत्रिएको भए बाँकी युवा खेलाडीसँग तालमेल मिलाएर ब्याटिङ इनिङ्स माथि उकास्न सक्ने सचिनको विश्वास छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : १२ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको