न्यूजिल्याण्डले धोनीको विकेट लिएपछि हर्ट अट्याकका कारण समर्थकको निधन « Khabarhub

न्यूजिल्याण्डले धोनीको विकेट लिएपछि हर्ट अट्याकका कारण समर्थकको निधन


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

राँची– भारतीय समाजमा क्रिकेट खेललाई धर्मकै दर्जा दिइन्छ भने खेलाडीलाई जीवित भगवान्का रुपमा लिने गर्छन् ।

बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि क्रिकेटका यस्ता ‘क्रेजी फ्यान’ ले विभिन्न हर्कत गरेको समाचार सार्वजनिक भएका छन् ।

यसअघि भारतको हारपछि फ्यानहरुले टेलिभिजन फुटाएको तथा खेलाडीको घरमा गएर हुलदंगा गरेको घटना सार्वजनिक हुने गरेको थियो ।

यस्तै अर्को घटना घटेको छ, भारत झारखण्डमा जहाँ भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका यस्तै ‘क्रेजी फ्यान’ को हृदयघातका कारण बुधबार ज्यान गएको छ । झारखण्ड किशनगञ्ज निवासी धोनीका ठूला फ्यान अशोक पासवानको हृदयघात भएको हो ।

४९ वर्षे उनलाई खेलमा धोनीको विकेट गएको समाचार सुनेर अचानक हृदयघात भएको थियो ।

क्रिकेटमा यस्तो पागलपनका कारण उनको ज्यान गएपछि उनको परिवार आश्चर्यमा परेको र शोकमा डुबेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अस्पतालमा कार्यरत उनी आफ्नो काम सकेर घर फर्केर टेलिभिजनमा भारत र न्यूजिल्याण्डको खेल हेर्न बसेका थिए । खेलमा भारतको अवस्था निकै कमजोर थियो ।

तैपनि भारतका पूर्वकप्तान धोनी र रविन्द्र जडेजाले भारतको पारीलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । यसैक्रममा ४८ ओभरको तेश्रो बलमा उनी रन आउन हुन पुगे त्यसपछि पासवानले त्यो पीडा थाम्न नसकेपछि एक्कासी हृदयघातको शिकार बन्न पुगे । त्यसको केही समयपछि उनको निधन भएको थियो ।

धोनीको विकेट गएपछि भारतले खेल सम्हाल्न सकेन र अन्त्यमा १८ रनले पराजित हुँदै उपाधि होडबाट बाहिरियो ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  २ : ४४ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा