वैदेशिक रोजगारीमा रहेका श्रमिकले खाता खोल्न मिल्ने « Khabarhub

वैदेशिक रोजगारीमा रहेका श्रमिकले खाता खोल्न मिल्ने


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एसिया बैंकले वैदेशिक रोजगारीमा भएका तथा जान चाहनेहरुलाई मध्येनजर गर्दै चमत्कारिक बैदेशिक रोजगार बचत खाताको सुरुवात गरेको छ ।
बैंकले बैदेशिक रोजगारीमा जाने युवाहरुले आफूले बिदेशी भूमिमा दुस्ख गरि कमाएको पैसा बचत होस् भन्ने हेतुले उक्त खाताको सुरुवात गरेको जनाएको छ । यो खाता खोलेर विदेश जाने युवाले बैंकमार्फत १० लाखसम्मको बिमा सुविधा पनि पाउने हुँदा यो खातामा विदेश जाने युवाहरु आकर्षित भएका छन् ।
बैंकका अनुसार यो खाता एनआईसी एसियाका जुनसुकै शाखाबाट पनि खोल्न सकिनेछ । विदेश जाने युवाहरुले आफ्नो घर चलाउने निश्चित रकम घरमा पठाएर बाँकी रहेको पैसा आफ्नै खातामा जम्मा गरुन् भन्ने हेतुले यस्तो खाता सुरुवात गरिएको बैंकले जनाएको छ । विदेश जाने युवाहरुले यस्तो खाता सहज रुपमा खोलुन् भन्ने हेतुले एनआईसी एसिया बैंकले सिनामंगल र सामाखुसी क्षेत्रमा दर्जन बढी कर्मचारी परिचालन गरेको छ ।
खटिएका कर्मचारीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा रहेका युवाहरुलाई प्रत्यक्ष भेटेर उनीहरुलाई खाता खोल्न प्रोत्साहन गर्ने गरेका छन् ।
यही क्रममा बैंकबाट खटिएका एक कर्मचारीहरुले बताए अनुसार विदेश जाने तयारीमा रहेका अधिकांश युवाहरुले यस्तो खाता खोल्न उत्साहित भएको बताए ।
उनका अनुसार बैंकले यो खाताको स्किम ल्याएसँगै म्यानपावर कम्पनीहरु धेरै भएका क्षेत्रहरु बिशेष गरि गोंगबु तथा सिनामंगल क्षेत्रका एनआईसी एसिया बैंकका शाखाहरुमा बैदेशिक रोजगारमा जानेहरुले दैनिक यस्तो खाता खोल्न थालेका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : १७ बजे

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई