तरकारीमा हानिकारक विषादी– घरेलु विधिले हटाउनै मुस्किल | Khabarhub Khabarhub

तरकारीमा हानिकारक विषादी– घरेलु विधिले हटाउनै मुस्किल


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गरेर मात्रै भित्र्याउन दिने निर्णयबाट पछि हटेपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा तोकिएको मापदण्डभन्दा बढी बिषादीको प्रयोग हुने गरेको पाइएपछि सरकारले नै बिषादी परीक्षण गरेर मात्रै आयात अनुमति दिने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

तर, भारतीय पक्षको दवावपछि सरकारले उक्त निर्णय फिर्ता लियो । यद्यपि सर्वोच्च अदालतले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भारतलगायत तेस्रो मुलुकबाट आयात हुने विषादी परीक्षण गर्ने निर्णयलाई फिर्ता लिने सम्बन्धमा मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगर्न भनिसकेको छ ।

सर्वोच्च अदालतले बुधबार आदेश जारी गरेपनि आदेश कार्यान्वयन हुन कम्तीमा पनि १ हप्ता लाग्न सक्छ । अर्थात् एक हप्तासम्म विषादी परीक्षण नै नगरी भारतबाट तरकारी तथा फलफूल आयात हुनेछ ।

यसरी भारतबाट आयत हुने तरकारी तथा फलफूलमा अर्गानोफस्फेटस, कार्बामेट लगायतका अन्य विषादी पाइने गरेको नेपाल केमिकल सोसाइटीका अध्यक्ष डाक्टर निरञ्जन पराजुली बताउँछन् । पराजुली भन्छन्– ‘अहिले तरकारी तथा फलफूलमा अर्गानोफस्फेटस, कार्बामेट मिसाइएको हुन्छ, धेरैजस्तौ अफ सिजनमा उत्पादन हुने तरकारीमा बढी विषादी मिसाइएको हुन्छ ।’

नेपाल केमिकल सोसाइटिका उपाध्यक्ष विश्व बाबु पुडासैनी तरकारी तथा फलफूलमा मुख्य गरी दुई प्रकारको विषादी प्रयोग हुने गरेको बताउँछन् ।

‘तरकारी तथा फलफूलमा दुई प्रकारको विषादीको प्रयोग भइरहेको पाइएको छ । बोटमै हुँदा प्रयोग गरिएको विषादीले एक सातापछि बजार लैजाँदा असर गर्दैन,’ पुडासैनी भन्छन् ‘तर, अलि कडा खालको विषादीलाई नष्ट गर्न सकिँदैन ।’

जनस्वास्थ्य सेवा ऐन २०७५ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्री वितरणलाई गुणस्तर र स्वस्थ बनाइने उल्लेख छ । तर, सरकारले भने भारतीय पक्षको दवावमा तरकारी तथा फलफूलमा भएको विषादी नै परीक्षण नगरी भित्र्याउन पाउने निर्णय गर्नु गलत भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

पोषणविद् अतुल उपाध्याय सरकारले प्रविधि र उपकरणको अभाव देखाउँदै विषादी परीक्षण नै नगर्नु गलत भएको बताउँछन् । ‘हामीले कालीमाटीमा यसअघि पनि मन्त्रीज्युहरुकै अगाडी किट मेथडबाट पनि विषादी परीक्षण गरेका थियौं । त्यसरी पनि विषदीको प्रयोग भए–नभएको पत्ता लागेको थियो,’ पोषद्विद् उपाध्यायले खबरहबसँग भने, ‘तर सरकारले अहिले विषादी परीक्षण गर्न प्रविधि र उपकरण नभएर विषादी परीक्षण गर्नै सकिदैन भन्नु गलत छ ।’

सरकारले चाहेमा अन्य विधिबाट पनि तरकारी तथा फलफूलमा हुने विषादी परिक्षण गर्न सकिने उपाध्ययाको तर्क छ ।

‘अर्बौंको उपकरण आउँनै, एक वर्ष लाग्छ, त्यतिबेलासम्म विषादी परीक्षण गर्न सकिँदैन भनेर कृषि विकास मन्त्रीले अभिव्यक्ति दिनुभएको छ,’ उपाध्ययले भने, ‘सरकारले विषादी जाँच्ने मेसिन नल्याउँदासम्म नेपालीले विषादी मिसाइएकै तरकारी तथा फलफूल खानुपर्ने ? सरकारको कस्तो अभिव्यक्ति हो यो ?’

विषादी मिसाइएको तरकारीका कारण मधुमेह, थाइराइड लगायतका बिरामी बढ्न थालेको उनको दावी छ । विषादीयुक्त तरकारी सेवनबाट मानिसमा मानसिक असन्तुलन, श्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसावमा समस्या तथा छालामा तत्काल संक्रमण देखिन्छ ।

विषादी मिसाइएको तरकारी तथा फलफूलले मुटु, कलेजो, मिर्गौलामा गम्भीर असर पर्ने तथा क्यान्सर जस्ता दीर्घरोग लाग्ने चिकित्सकहरु बताउँछन् । यस्तै विषादीयुक्त तरकारी तथा फलफूल सेवनले बाँझोपनको समस्या बढ्ने, गर्भमा रहेको शिशूमा नकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् ।

विषादी मिसाइएको तरकारीको विष नष्ट गर्न मिल्छ ?

विषादी मिसाइएको तरकारी तथा फलफूलको विषादी घरेलु उपायबाट केही हदसम्म कम गर्न सकिने उपाध्याय बताउँछन् ।

उपाध्यायका अनुसार विषादी कम गर्न यस्तो गर्नुपर्छ:

– बजारबाट ल्याउने वित्तिकै नपकाउने,
– तरकारी तथा फलफूललाई कम्तीमा १ घण्टासम्म तातोपानीमा डुवाएर राख्ने,

तर, तरकारी तथा फलफूलमा अति नै हानिकारक विषादी मिसाइएको छ भन्ने घरेलु उपायबाट विषादी नष्ट नहुने उपाध्यय बताउँछन् । उनी भन्छन्, ‘घरेलु तरिकाबाट तरकारी तथा फलफूलको विषादी पुरै नष्ट त हुँदैन, केही हदसम्म कम गराउन सकिन्छ । तर नेपाल भित्रिने तरकारीमा धेरै नै हानिकारक सरकारले विष मिसाइएकै तरकारी भित्र्याउने र नेपालीलाई विष नष्ट गरेर खाउ भन्न मिल्दै मिल्दैन ।’

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ३ : २३ बजे

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।

लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्