एथेन्स– ग्रिसको तटपारी आएको भयानक आँधीमा परी ६ पर्यटकको ज्यान गएको छ । ग्रिसको हाल्किडिकी प्रायद्विपमा आएको आँधीमा अरु १ सय भन्दा धेरै घाइते भएका छन् ।
एक्कासी आएको आँधीले रुख, भवन र सवारी साधनलाई उडाएको थियो । १ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीबाट सो क्षेत्रमा गर्मी मौसममा घुम्न आएका पर्यटकहरु प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मारिनेमा चेक गणतन्त्र, रोमानिया र रुसका दुई – दुई पर्यटक रहेको जनाइएको छ ।
मारिनेहरु अधिकांश रुखले किचेर तथा भवनको छानो भत्केर मारिएको अधिकारीले जनाएका छन् । हाल त्यस क्षेत्रको सडकमा सल्लाका रुखहरु ढलेको र भौतिक संरचनामा क्षति पुर्याएको बताइएको छ ।
प्रतिक्रिया