दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी « Khabarhub

दोषमाथि कारबाही नभए कार्य क्षेत्र छोड्ने डडेल्धुराका चिकित्सकहरुको चेतावनी


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– शव पोस्टमार्टमको विषयलाई लिएर चिकित्सकमाथि हातपात भएपछि सम्पूर्ण सेवाहरु ठप्प पारेर आन्दोलित डडेल्धुरा अस्पतालका चिकित्सकले कार्यक्षेत्र छाड्ने चेतावनी दिएका छन् ।

आक्रमणमा संलग्न जनप्रतिनिधिमाथि २४ घण्टाभित्र कारबाही नभए उनीहरुले कार्य क्षेत्र छोड्ने चेतावनी दिएका हुन् । उनीहरुले काम गर्ने वातावरण नभए असुरक्षित वातावरणमा काम गर्न नसकिने बताउदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा दोषीलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरिएको छ । त्यस्तै आफूहरुको माग पूरा नभए कार्यक्षेत्र छाड्ने चेनावनी दिइएको छ । गत बुधवार अमगरढी नगरपालिका ११ सल्लाघारीका रमेशकुमार खड्काको पठाएको शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि वडा नम्बर ११ का अध्यक्ष सूर्यबहादुर खड्काको नेतृत्वमा रहेको भीडले हातपात गरेको थियो । सोही घटनालाई लिएर अस्पतालका चिकित्सक सेवा ठप्प पारेर आन्दोलित छन् ।

त्यस्तै सरकारी चिकित्सक संघ नेपालले  प्रेस विज्ञप्ति जारी गर्दै घटनाले मर्माहत बनाएको जनाएको छ । संघको विज्ञप्तिमा भनिएको छ– ‘सुरक्षाको शत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहाँ कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाको लागि केन्द्र (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)मा हाजिर हुन आग्रह गर्दछौं । यसबाट सर्जित सम्पूर्ण परिस्थितिको जिम्मेबार स्थानीय निकाय र प्रशासन हुनेछ ।’

यसैगरी, घटनाको नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ । घटनाप्रति गम्भीर ध्यानआकर्षण भएको जनाउँदै उक्त अस्पतालका चिकित्सकहरुको माग पूरा गराउन संघ जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने महासचिव डा. लोचन भट्टराईद्वारा हस्ताक्षतिर विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ३२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी