जुठा भाँडा माझ्छन् संसारकै धनाढ्य बिल गेट्स ! « Khabarhub

जुठा भाँडा माझ्छन् संसारकै धनाढ्य बिल गेट्स !


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सायद सबैलाई लाग्दो हो, धनाढ्यहरुको जीवन कति आलिशान र भव्य हुन्छ भनेर ।

धनाढ्यहरुसँग खर्च गर्न पर्याप्त पैसा हुन्छ, त्यसैले उनीहरु आफूले चाहेको सबै सामान किन्न सक्छन् र घरमा जोसुकैलाई काम लगाउन पनि सक्छन् । तर, उनीहरुको जीवन आरामसँग बित्छ भन्ने भ्रममा नपर्नुस् ।

संसारको सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन भने अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

बिल गेट्को सम्पत्ति १ खर्ब अमेकिरी डलरभन्दा धेरै छ । यस्तोमा उनले आफ्नो जीवन आलिशान शैलीले बिताउने गरेको अरुलाई भ्रम पर्दै गएको हुनसक्छ । बिल गेट्सले सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका थिए ।

उनीहरुको विवाह भएको २५ वर्षभन्दा धेरै भइसकेको छ । तर, विगत २५ वर्षदेखि यो जोडीले आफ्नो घरमा आफैं खाना बनाएर आफैं जुठा भाँडा समेत माझ्दै आएका छन् । धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता हो ।

उनीहरुले अरु सामान्य मानिसले जस्तै साधारण जीवन बिताइरहेका छन् । उनीहरु घरका अन्य काम पनि सँगै गर्न रुचाउँछन् । गेट्स दम्पत्ती घरायसी काम दुई जनाले बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  ८ : ४६ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर