जनप्रतिनिधि मदिरामा मस्त « Khabarhub

जनप्रतिनिधि मदिरामा मस्त


२६ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायण खड्का

तनहुँ– तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिले नगरसभाका नाममा मदिरा पाटीको आयोजना गरी राज्यकोषको दुरुपयोग भएको भन्दै सर्वत्र विरोध शुरु भएको छ ।

नगरपालिकाले स्थापनाको ३१औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गरे लगत्तै नगर प्रमुखसहित नगरसभा सदस्य मदिरा सेवन गर्दै नाचेको विषय प्रति टिकाटिप्पणी र आलोचनाले घेरिन थालेको छ ।

ब्यानर नै प्रष्ट रुपमा देखिने गरी आएको भिडियोमा नगर प्रमुख केही सदस्यसँग नाचगानमा मस्त देखिन्छन् ।

नगरसभा सकिएलगत्तै नगरपालिकाको सभाकक्षमा नगर प्रमुख, केही वडाध्यक्ष, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले वल्ड दरबार, ह्विस्की पिउँदै नाचगान गरेका थिए । समाचार तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित हुन थालेपछि नगरपालिकाका जनप्रतिनिधि तथा कर्माचारीहरु प्रति निकै आलोचनात्मक टिकाटिप्पणी हुन थालेका छन् ।

यो विषयमा प्रतिक्रिया लिन खोज्दा नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले यो सामान्य विषय भएको प्रतिक्रिया दिए । नगरपालिकाले अघिल्लो नगरसभा, दसैंका बेला पनि मदिरासहितको कार्यक्रम आयोजना गर्ने गरेको थियो ।

कार्यालय परिसरमै मदिरा सहितको कार्यक्रम गरेको प्रति नगरबासिले निकै आलोचना गरेका छन् । स्थानीय प्रशासनले यस्ता कार्यक्रम गैरकानुनी भएको प्रतिक्रिया दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सरकारी रकमबाट मदिरा सेवन सहितको पार्टी आयोजना गर्नु गैरकानुनी भएको बताए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ८ : ५८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४