इंग्ल्यान्ड चौथो पटक विश्वकपको फाइनलमा « Khabarhub

इंग्ल्यान्ड चौथो पटक विश्वकपको फाइनलमा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्ड र न्यूजिल्यान्डको भेट पक्का भएको छ । बर्मिङघमस्थित क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दै विश्कप फाइनलको यात्रा तय गरेको हो ।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २सय२४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३३.१ ओभर खेल्दै २ विकेट गुमाएर २सय२६ रन बनाउँदै लक्ष्य पुरा गर्यो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे । चौथो पटक फाइनल पुगेको इंग्ल्यान्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो ।

जसमा जसन रोयले ६५ बलमा ८५ रन बनाउँदै इंग्ल्यान्डलाई सहज स्थितीमा पुर्‍याएका थिए । त्यस्तै अविजित रहेका कप्तान इयोन मोर्गन ४५ रन बनाउँदा जोइ रुटले ४९ रन बनाएका थिए भने जोनी वेृरिस्टोले ३४ रन बनाएका थिए।

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बलरहरु कमजोर सावित भए । जसमा उनीहरुले इंग्ल्यान्डको अग्रपंती कमजोर पार्न असफल रहे । इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्क र पेट कुमिन्सले समान एक–एक विजकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाएको थियो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले ४६ रन बनाए ।

यस्तै, मिचेल स्टार्कले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्ध घरेलु टोली इंग्ल्यान्डका बलर क्रिस वार्कस र अदिल रशिदले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिँदा जोर्फा आर्चरले २ विकेट र मार्क वुडले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०५ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको