इंग्ल्यान्ड चौथो पटक विश्वकपको फाइनलमा | Khabarhub Khabarhub

इंग्ल्यान्ड चौथो पटक विश्वकपको फाइनलमा


२६ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्ड र न्यूजिल्यान्डको भेट पक्का भएको छ । बर्मिङघमस्थित क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली इंग्ल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दै विश्कप फाइनलको यात्रा तय गरेको हो ।

पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २सय२४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३३.१ ओभर खेल्दै २ विकेट गुमाएर २सय२६ रन बनाउँदै लक्ष्य पुरा गर्यो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरे । चौथो पटक फाइनल पुगेको इंग्ल्यान्ड यसअघि सन् १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो ।

जसमा जसन रोयले ६५ बलमा ८५ रन बनाउँदै इंग्ल्यान्डलाई सहज स्थितीमा पुर्‍याएका थिए । त्यस्तै अविजित रहेका कप्तान इयोन मोर्गन ४५ रन बनाउँदा जोइ रुटले ४९ रन बनाएका थिए भने जोनी वेृरिस्टोले ३४ रन बनाएका थिए।

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका बलरहरु कमजोर सावित भए । जसमा उनीहरुले इंग्ल्यान्डको अग्रपंती कमजोर पार्न असफल रहे । इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियाका मिचेल स्टार्क र पेट कुमिन्सले समान एक–एक विजकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा सबै विकेट गुमाउँदै २सय२३ रन मात्रै बनाएको थियो ।

अस्ट्रेलियाविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । अस्ट्रेलियाका लागि २सय२३ रन बनाउन पूर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन बनाए भने एलेक्स क्यारेले ४६ रन बनाए ।

यस्तै, मिचेल स्टार्कले २६ रन बनाउँदा ग्लेन म्याक्सवेलले २२ रन बनाएका थिए । अस्ट्रेलियाविरुद्ध घरेलु टोली इंग्ल्यान्डका बलर क्रिस वार्कस र अदिल रशिदले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिँदा जोर्फा आर्चरले २ विकेट र मार्क वुडले एक विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार  १० : ०५ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना