चिनियाँ स्टेशनमा नेपाली रेल…! « Khabarhub

चिनियाँ स्टेशनमा नेपाली रेल…!


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल ट्वीटरमा शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई धेरैले उडाए। कारण थियो मन्त्रालयको वेबसाइटमा राखिएको एउटा तस्बिर।

मेची-महाकाली मेल र कर्णाली लेखिएका र नेपालको झण्डा अङ्कित रेल देखिने तस्बिरमा केपी शर्मा ओली नेतृत्वको सरकारको रेल मोहको झल्को देख्न सकिन्छ।

रेलमार्गबाट नेपाललाई चीन जोड्ने योजनाबारे विमर्श भइरहेका बेला सक्कलीजस्तै देखिनेगरी सरकारी वेबसाइटमा सो तस्बिरले स्थान पाएको छ। रेलको नाम र पछाडि भएको भवनको नाम पनि नेपालीमै छ।

तर रेल स्टेशनमा देखिने विदेशी लिपिका राता अक्षरले भने असावधानीपूर्वक गरिएको तस्बिर सम्पादन र त्यसलाई स्थान दिने मन्त्रालयको अपरिपक्व निर्णय छलाछुल्ल भएको देखिन्छ।

यही विषयबारे समाजिक सञ्जालमा सरकारप्रति कटाक्ष गरिएको छ।

धेरैले चिनियाँ भाषामा स्टेशनको नाम रहेको अनुमान गरेका छन्।

कहिले अप्लोड गरिएको भन्ने अनुमान गर्न गाह्रो भए पनि शनिवार बिहान अन्तर्राष्ट्रिय लगानी मामिलाका विज्ञ सेमन्त दाहालले ट्विटरमा उक्त तस्बिरबारे लेखेका थिए।

तत्काल प्रतिक्रिया जनाउँदै अर्थशास्त्री चन्दन सापकोटाले उक्त कार्यलाई मन्त्रालयको अक्षमताको सङ्ज्ञा दिए।

एक ट्वीटर प्रयोगकर्ताले भने सरकारी कार्यालयमा कार्यकर्ता भर्ती गरिएको अवस्थामा धेरै आशा गर्न नसकिने टिप्पणी गरे।
उक्त तस्बिरबारे मन्त्रालयसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल हुन सकेन।

रेलमार्ग विस्तारमा निकै राम्रो प्रगति प्राप्त गर्न सफल छिमेकी भारत र चीनबीच अवस्थित नेपालमा पनि पछिल्ला दिनहरूमा रेलबारे विमर्श तीव्र बन्दै गएको छ।

राजनीतिक दलका घोषणापत्रदेखि लिएर चोक तथा गल्लीका चियापसलसम्म रेलबारे टीकाटिप्पणी हुने गरेको छ।

खासगरी नेपाललाई चीन र भारतसँग जोड्ने रेलमार्गबारे गृहकार्य सुरु भएदेखि सर्वसाधारणमा त्यसबारे चासो ह्वात्तै बढेको पाइन्छ। दुई देशसँग जोड्ने रेलमार्गको विषय मने हालसम्म अध्ययनकै क्रममा छ।

त्यस्तै पूर्व-पश्चिम रेलमार्ग विकासको काम चलिरहेकै भए पनि अपेक्षाकृत नतिजा भने प्राप्त हुन नसकेको सरकारी अधिकारीहरू नै स्वीकार्छन्। बीबीसीबाट

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ६ : १९ बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि