गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै कारण आकृतिको मृत्यु भएको पुष्टि « Khabarhub

गंगालाल अस्पतालमा लापरवाही– गलत समूहको रगत चढाएकै कारण आकृतिको मृत्यु भएको पुष्टि


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गलत समूहको रगत चढाउँदा मृत्यु भएकी आकृति साहको उपचारमा संलग्न चिकित्सकसँग नेपाल मेडिकल काउन्सिलले स्पष्टिकरण सोधेको छ ।

सर्लाहीकी ५ वर्षिया आकृतिको मृत्यु पछि घटनाको छानविन गर्न गठित समितिले आकृतिको मुटुको शल्यक्रियाको क्रममा गलत समूहको रगत चढाइएको पुष्टि भएको प्रतिवेदन काउन्सिललाई बुझाएको थियो ।

आकृतिलाई गलत समूहको रगत चढाइएको भन्ने पुष्टि भएपछि काउन्सिलले उपचारमा संलग्न चिकित्सहरुलाई ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको काउन्सिलका इथिकल कमिटिका संयोजक डा ढुण्डीराज पौडेलले बताए ।

उनले भने, ‘हामीले आकृतिको मृत्यु पछि एक सातामा छानबिन समिति बनाएका थियौं, समितिले तयार पारेको प्रतिवेदनमा गलत समूहको रगत चढाइएको पुष्टी भएको छ, तर डाक्टरले अझै स्वीकार्नु भएको छैन, त्यसैले हामीले उपचारमा संलग्नलाई एकसाताभित्र स्पष्टिकरण पेस गर्न पत्राचार गरेका छौं ।’

बैशाख १७ गते गंगालाल अस्पतलमा ओपन हार्ट सर्जरी गर्ने क्रममा आकृतिलाई ‘ओ पोजेटिभ’ समूहको रगत दिनुपर्नेमा ‘ए पोजेटिभ’ रगत चढाइएको समितिले गरेको छानबिनबाट पुष्टि भएको छ  । गलत समूहको रगत चढाउँदा आकृतिको ओपन हार्ट सर्जरी गरेको १ सातामै मृत्यु भएको थियो ।

आकृतिको मृत्यु पछि उनका आफन्तहरुले डाक्टरले गलत समूहको रगत दिएकै कारण मृत्यु भएको भन्दै शव लिन समेत अस्वीकार गरेका थिए । तर गंगालाल अस्पतालले प्रहरीको रोहवरमा आकृतिको शव पोष्टमार्टमा पठाएको थियो ।

आकृतिको उपचारको क्रममा मृत्यु भएका समाचारहरु आएपछि नेपाल मेडिकल काउन्सिलले घटनाको एकसातापछि डा भगवान् कोइरालाको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

आकृतिको उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरणको लागि एक साताको समय दिइएकाले एक सातापछि नै घटनामा दोषी रहेकालाई कारबाहीको प्रक्रिया अघि बढाइने डा पौडेलले बताए ।

यो पनि पढ्नुस्– 

गंगालालबाट आकृतिको शव टिचिङ अस्पतालमा, छोरीको शव पनि हेर्न नपाइ घर फर्किइन् पिङ्की

गंगालालमा आकृतिको मृत्यु प्रकरण : उजुरी दिन जाँदा उल्टै थर्काउँछ प्रहरी !

उपचारका लागि ल्याएकी छोरीलाई ६ दिनसम्म हेर्न दिएनन्, सातौं दिन शव लिन बोलाए !

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्