विपन्न तथा दलित महिलालाई खाद्यान्न वितरण « Khabarhub

विपन्न तथा दलित महिलालाई खाद्यान्न वितरण


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– डोटीको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

उनले, ‘लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले छुट्याएको रु दुई लाख रकममा २० महिलालाई हामीले दुईमहीने कम्प्युटर पढायौँ, त्यसबाट बचेको पैसाले विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका हौँ ।’ वडा कार्यालयले निःशुल्करूपमा खाद्य सामग्री उपलब्ध गरएपछि अहिले सो वडाका स्थानीयवासी तथा विपन्न परिवारहरु निकै खुशी भएका छन् ।

त्यसैगरी जिल्लाको केआइसिंह गाउँपालिका–५ मा आर्थिकरूपमा विपन्न भएका दलित तथा अन्य विपन्न परिवारलाई समविकास केन्द्र (इडिसी) डोटीले उन्नत जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकामा रहेका आर्थिक अवस्थाले अति विपन्न भएका परिवारलाई जनही दुई बाख्रा वितरण गरिएको छ ।

जिल्लामा कार्यरत समविकास केन्द्रले निःशुल्करूपमा उन्नत जातका बाख्रा वितरण गरेको हो । उक्त गाउँपालिकाले छनोट गरेको अतिविपन्न परिवारलाई ११ लाख ३७२ को १६० बाख्रा निःशुल्करूपमा वितरण गरिएको केन्द्रका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।

निःशुल्करूपमा उन्नत जातका बाख्रा पाएपछि स्थानीय विपन्न समुदायकका व्यक्ति निकै खुशी भएको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।

यसअघि जिल्लाका दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले आफनो क्षेत्रमा भएका विपन्न परिवार तथा एचआइभी सङ्क्रमितलाई उन्नत जातका बाख्रा वितरण गरेको थियो । निःशुल्क बाख्रा पाएपछि सो क्षेत्रका स्थानीयवासी अहिले निकै खुशी हुनुका साथै व्यावसायिक रुपमा बाख्रापालनमा लागेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : ४६ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा