फागुनमा पुग्यो ‘दयारानी’ | Khabarhub Khabarhub

फागुनमा पुग्यो ‘दयारानी’


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका रहेको फिल्म ‘दयारानी’ को रिलिज मिति ६ महिनापछि धकेलिएको छ । यो फिल्म पहिले जेठ १० गते हुने भनिएको थियो । त्यसपछि फिल्म साउन  ३० मा पुगेको थियो ।

अब यो फिल्म महाशिवरात्रीको अवसर पारेर रिलिज हुने भएको हो । यसअघि दुईपटक रिलिज डेट सारिसकेको फिल्म निर्माण टिमले अब भने जुनै हालतमा पनि यही मितिमा फिल्म रिलिज हुने जनाएको छ ।

पहिले जेठ १० गते रिलिज हुने भनिएको फिल्म पछि साउन ३० मा पुगेको थियो ।

निर्देशक माओत्से गुरुङले नेपालमा फिल्म चलाउन गाह्रो भएको भन्दै रिलिज मिति सारेका हुन् । यो फिल्ममा दयाहाङ र दिया पुनका अतिरिक्त विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारको अभिनय रहेको छ ।

माओत्से फिल्मस् र सिनेमा आर्टसले संयुक्त रुपमा आयोजना गरेको यो फिल्ममा खराब श्रीमान र दयालु श्रीमतीको एउटा पृथक कथा देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ११ : ५९ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु