‘साहो’ का लागि २ वर्ष छुट्याउन चाहँदैनथे प्रभास, कारण यस्तो « Khabarhub

‘साहो’ का लागि २ वर्ष छुट्याउन चाहँदैनथे प्रभास, कारण यस्तो


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय सुपरस्टार प्रभासको एक्सन थ्रीलर फिल्म ‘साहो’ को ट्रेलर रिलिज भइसकेको छ । ट्रेलरमा हलिउड स्तरको जबरजस्त एक्सन देख्न सकिन्छ । फिल्ममा प्रभासले एक अन्डरकभर एजेन्टको भूमिका निभाएका छन् ।

सन् २०१७ पछि प्रभासका कुनै फिल्म रिलिज भएका छैनन् । उनको रिलिज भएको भएको पछिल्लो फिल्म ‘बाहुबली २’ थियो । प्रभास दुई वर्षपछि धमाकेदार फिल्म लिएर आएका छन् ।

प्रभासले ट्रेलर लन्च कार्यक्रममा यो कुराको खुलासा गरे कि, उनले खासमा फिल्मका लागि यति लामो समय दिन चाहँदैनथे ।

‘म यो फिल्मका लागि दुई वर्ष दिन चाहन्नथेँ, किनकि यस पहिले मैले ‘बाहुबली’का लागि ४ वर्ष दिएको थिएँ तर एक्सन सिक्वेन्सका लागि एकदमै धेरै तयारी गर्न जरुरी थियो’, प्रभासले भने ।

यो फिल्ममा कैयन् एक्सन दृश्य छन् । यस्तै आबुधाबीको दृश्य पनि छ । जसकारण फिल्मको छायांकन लम्बिएको प्रभासले भने । ‘एक्सन दृश्यका लागि धेरै नै तयारी गर्नुपर्ने थियो, हामीले केही दृश्यका लागि मात्रै १ वर्ष काम गरेका छौँ, फिल्मका लागि पनि पर्याप्त तयारी र रिहर्सल जुरुरी थियो,’ प्रभासले भने ।

यो फिल्म रिलिज हुने तयारीमा रहँदा प्रभासले अर्को फिल्मको शूटिङ थालेका छन् । उक्त फिल्मलाई केके राधाकृष्णाले निर्देशन गर्दैछन् । प्रभासले भने, ‘मैले नयाँ फिल्मको छायांकन थालेको २० दिन भइसकेको छ, म चाहन्छु कि, यो फिल्मपछि म वर्षमा २ वटा फिल्म गर्न सकुँ ।’

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १२ : ४१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि