दिनमै २/३ वटा म्युजिक भिडियोबाट अफर आउँछ: स्वस्तिमा खड्का | Khabarhub Khabarhub

दिनमै २/३ वटा म्युजिक भिडियोबाट अफर आउँछ: स्वस्तिमा खड्का


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपालमा मोडलहरु नायिका बनिसके । नायिकाहरु मोडल बनिसके । स्वस्तिमा खड्का भने मोडलपछि नायिका बनेपछि म्युजिक भिडियोमा खासै सक्रिय छैनिन् । मोडलिङ हुँदै फिल्ममा आएकी स्वस्तिमालाई म्युजिक भिडियोबाट अफर नै नआउने त होइन तर छनोट गरेर मात्र अभिनय गर्ने गर्छिन् ।

स्वस्तिमा आफू म्युजिक भिडियोमा त्यति सक्रिय नहुनुको कारण खुलाउँदै भन्छिन्, ‘म्युजिक भिडियोमा पनि राम्रो भविष्य छ तर मैले अहिले फिल्मी करिअरलाई नै जोड दिएकी छु ।’

स्वस्तिमाले अहिले पनि दिनमा २/३ वटा म्युजिक भिडियोबाट अफर आउने बताइन् । साथै उनले म्युजिक भिडियोको तुलनामा फिल्मबाट कम अफर आउने र यो स्वभाविक भएको पनि धारणाा राखिन् ।

‘अहिले फिल्म र म्युजिक भिडियोको पोस्टर उस्तै हुन्छ, दर्शक झुक्किनुहुन्छ कि भनेर फिल्म प्रदर्शनका बेला म्युजिक भिडियोमा अभिनय गरेकी छैन,’ खबरहबसँगको कुराकानीका सिलसिलामा स्वस्तिमाले सुनाइन्, ‘आफ्नो करिअरलाई फाइदा हुने भिडियोमा त अभिनय नगर्ने कुरा आउँदैन, तर अहिले खेलेकी छैन ।’

यतिबेला उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनका क्रममा छ । यो फिल्म आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा स्वस्तिमाले सिक्किमे नायिकाको भूमिका निभाएकी छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला