शैलुङको विकासका लागि एकीकृत गुरुयोजना बनाइने « Khabarhub

शैलुङको विकासका लागि एकीकृत गुरुयोजना बनाइने


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले शैलुङको विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

फुँयालले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको बोथान, थाङपाल, याङरी लगायतका स्थानबाट र सिन्धुलीको सिन्धुलीगढीबाट रामेछाप हुँदै शैलुङसम्मको गुरु योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

शैलुङलाई पर्यटकीय क्षेत्रका रुपमा चिनिन्छ । फुयालकाअनुसार ती क्षेत्रका साँस्कृतिक, धार्मिक र पुरातात्विक स्थलहरुलाई समेटेर शैलुङलाइ केन्द्रविन्दू बनाइ ट्रेकिङ ट्रायलका रुपमा अघि बढाउनुपर्ने समेत जोड दिए ।

शनिवार ह्याङला दोलखा काठमाडौं तामाङ समाजले अन्तरक्रियात्मक तथा ‘शैलुङ यात्रा’ बृत्तचित्र प्रदर्शनी कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सबै मिलेर शैलुङ विकास गर्नुपर्ने बताए ।

‘शैलुङको प्राकृतिक स्वरुपलाइ संरक्षित गर्दै स्थानीय निकाय नियन्त्रित योजनामा आधारित निजी क्षेत्रलाई समेत स्वागत गर्न सकेमा शैलुङको विकास हुनेछ’ उनले भने ‘सय थुम्काको संगम, प्रकृति, सँस्कृति र ऐतिहासिक महत्वको धरोहर नियमित पर्यटकको पर्खाइमा छ’ ।

शैलुङको प्राकृतिक महत्वलाई यथावत राख्दै पर्यटकीय पूर्वाधार निर्माणमा सबै जुट्न पर्ने जरुरी रहेको र आगामी दिनमा कसरी शैलुङलाई विकसित गराउन सकिन्छ भन्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

समानजले करिब १५ वर्षअघि तयार पारेको उक्त वृत्ततित्रमा शैलुङमा रहेको बुद्धको पाइला, १२ वर्षे मेलामा लाग्ने गुफा, महादेवको मन्दिर, बाघेढुंगा, शैलुङ क्षेत्रमा पाइने १ सयभन्दा बढि जडीबुटीहरु र १ सय वटा थुम्का, स्थानीय भेषभुषा र रहनसहनलाई समेटिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ४५ बजे

अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमालेको प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ– पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेले

पक्राउ परेका ओली अस्पताल भर्ना, ५०१ नम्बर बेडमा राखियो

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय (त्रिवि)

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।