किशोरीलाई बेचबिखन गर्न लैजान लागेको अवस्थामा २ जना पक्राउ « Khabarhub

किशोरीलाई बेचबिखन गर्न लैजान लागेको अवस्थामा २ जना पक्राउ


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किशोरीहरुलाई बेचबिखन गर्ने उद्देश्यका साथ नेपाल–भारत नाका झापाको मेचीनगर लैजान लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भइ काठमाडौंको चन्द्रागिरी बस्ने ३१ वर्षीय भुवन तामाङ र काभ्रेको खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन छन् ।

उनीहरुले केही किशोरीहरुलाई झापाको बिर्तामोड क्षेत्रमा रङ लगाउने काममा लगाइदिने भन्दै काठमाडौंबाट झापातर्फ लैजान लागेका थिए ।

उनीहरुले ती किशोरीलाई कसैले सोधपुछ गरेमा आफ्नो वास्तविक नाम नबताउन र भाउजु बिरामी भएका कारण विर्तामोड जान लागेको भनेर भन्न लगाएका थिए ।

किशोरीलाई बेचबिखन गर्न लागेको शंकाका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको टोलीले २ जनालाई पक्राउ गरेको हो ।

ना ७ ख ५७०२ नम्बरको बसमार्फत झापाको मेचीनगर पु¥याइन लागिएकी किशोरीहरुको पनि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १ : ४९ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि