काठमाडौंमा ड्रग्स तस्करी गर्नेहरुको सञ्जालमा ट्याक्सी चालक पनि ! « Khabarhub

काठमाडौंमा ड्रग्स तस्करी गर्नेहरुको सञ्जालमा ट्याक्सी चालक पनि !


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौं उपत्यकालाई आधार बनाएर लागू औषध (ड्रग्स)को तस्करी गर्नेहरुको सञ्जालमा ट्याक्सी चालकहरु पनि सामेल रहेको विषय सार्वजनिक भएको छ ।

तस्करको समूहले लागू औषधको तस्करीका लागि उपत्यकाका ट्याक्सी चालकलाई समेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको कलंकीस्थित रिजन गेस्ट हाउसबाट लागू औषधसहित पक्राउ परेका ५ जनासँगको बयानपछि उनीहरुको सञ्जालमा ट्याक्सी चालक पनि सक्रिय रहेको पत्ता लागेको हो ।

प्रहरीले कलंकीस्थित रिजन गेस्ट हाउसबाट लागू औषधको तस्करीमा संलग्न काठमाडौंको थानकोट बस्ने ३५ वर्षीय पूर्णदास गोपालीसहित शनिबार ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट फेनारगन, डाइजापाम, नुरफिन लगायत लागू औषध बरामद गरेको थियो । लागू औषधको तस्करीमा संलग्न गोपालीको साथबाट ९२ हजार रुपैयाँ नगद समेत फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ५ जनाले दिएको बयानका आधारमा प्रहरीले १ जना ट्याक्सीचालक सहित २ जनालाई पक्राउ गर्‍यो । प्रहरीले बा १ ज ७८७७ नम्बरको ट्याक्सीका चालक, तनहुँको दमौली घर भइ ललितपुरको बखुण्डोल बस्ने ५० वर्षीय जीवन राणा र नवलरासीको रजहर घर भइ नख्खु बस्ने ४० वर्षीय नौमाया मगरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ट्याक्सी चालक जीवन राणाको कोठाबाट लागू औषध फेनारगन, नुरफिन, डाइजापाम, १ तोलको सुनको सिक्री १ थान, ३.५ तोलाको सुनको औंठी, ४ तोला चाँदीको चेन र २ लाख ७९ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ ।

प्रहरीका अनुसार जीवनले लागू औषध बिक्री गरेर राखेको नगद २ लाख ७९ हजार ५ सय रुपैयाँ बरामद भएको हो ।

प्रहरीका अनुसार लागू औषध तस्करहरुको सञ्जालमा अन्य ट्याक्सी चालकको पनि संलग्नता रहेको हुनसक्ने संभावना छ । पक्राउ परेका ट्याक्सी चालक राणा र अन्य व्यक्तिमाथि अनुसन्धान चलिरहेकाले त्यस विषयमा थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  २ : २१ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर