आफ्नो विवाहसँग जोडिएका यी पाँच कुरा भूलेर पनि सामाजिक सञ्जालमा पोस्ट नगर्नुहोस् « Khabarhub

आफ्नो विवाहसँग जोडिएका यी पाँच कुरा भूलेर पनि सामाजिक सञ्जालमा पोस्ट नगर्नुहोस्


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सूचना प्रविधिको जमानामा अहिले मोबाइल र इन्टरनेटमा जो कोही सामाजिक सञ्जालमा सक्रिय रहेका हुन्छन् । कुनै समय मिल्ने बित्तिकै मानिसहरु आफ्ना तस्विरहरु फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा पोस्ट गर्न तथा शेयर गर्न पछि पर्दैनन् ।

मानिसहरु सामाजिक सञ्जालमा यति सक्रिय हुन थालेका छन् कि कुनै पनि घटनाक्रम पोस्ट गरिहाल्छन् । कतै घुम्न जाँदा होस् वा भोजमा सरिक हुँदा, फिल्म हेर्न जाँदा वा खाना खाइरहँदा जुन कुनै घटनाक्रमलाई सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् ।

यही क्रममा जब विवाहको कुरा आउँछ, मानिसहरु हरेक क्षणको तस्विर सामाजिक सञ्जालमा हालिरहेका हुन्छन् । यदि तपाईं पनि यसै गर्नु हुन्छ भने विवाहको तस्विर सार्वजनिक गर्दैगर्दा यी पाँच कुरालाई अवश्य पनि ध्यानमा राख्नुहोस् ।

१. परिवारमा भएको कुनै पनि कलहलाई पोस्ट नगर्नुहोस्

कुनै पनि परिवारमा विवाहमा पारिवारिक नाटक हुँदैन । पारिवारिक कलह भएपनि यस्ता कुरालाई सामाजिक सञ्जालमा राख्नु राम्रो होइन । किन भने यो सबै कुराको असर ति मानिसहरुमा सधैँका लागि पर्नेछ । जसले तपाईंलाई भविष्यमा लज्जित हुनु पर्ने अवस्था पनि आउन सक्छ ।

२. मान्यजनहरुको सूची र स्थानबारेको जानकारी

सामाजिक सञ्जालमा आफ्नो विवाहसँग सम्बन्धित सबै जानकारी सार्वजनिक गर्ने काम नगर्नुहोस् । तपाईंको विवाह कुन स्थानमा हुँदैछ, को को मान्यजनहरु आउँदै छन् भन्ने जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उपाय उपयुक्त होइन ।

३. पटक पटक विवाहको मितिबारे जानकारी दिने

फेसबुक वा इन्स्टाग्राममा पटक पटक आफ्नो विवाहको मितिबारे जानकारी गराइ राख्ने प्रयास नगर्नुहोस् । आफ्ना नजिकका आफन्त तथा नातागोताभित्रका मानिसहरुलाई विवाहको मिति एक पटक भन्दा नै थाहा हुन्छ । यसका किसिमको हरकतले आफन्तहरुमाथि गलत प्रभाव पर्न सक्छ ।

४. आफ्नो हुनेवाला आफन्तका बारे सार्वजनिक गरिरहनु

अधिकांश मानिसमा आफ्नो हुनेवाला आफन्तको साथमा कतै किनमेलमा वा खाना खान गएको छ भने उनीहरुसँग जोडिएका कुराहरु सामाजिक सञ्जालमा राखी हाल्ने बानी हुन्छ । यस्ता कुराबाट तपाईं सतर्क भएकै राम्रो हुन्छ । तपाईंको नयाँ सम्बन्ध कुनै विन्दुसम्म नपुगिन्झेल यस्तो कार्य नगर्दा फाइदाजनक हुन्छ ।

५. हनिमुनको योजना

आफ्ना जीवनसाथीसँग तपाईं हनिमुनका लागि कहाँ जाँदै हुनुहुन्छ भन्ने कुराको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कुनै राम्रो उपाय होइन भनेर बुझ्नुहोस् । आफ्नो भावनालाई केही रुपमा भएपनि सम्हालेर राख्नुहोस् । र, यस्ता कुरा भूलेर पनि सार्वजनिक नगर्नुहोस् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ३ : ५९ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना