दक्षिण भारतमा बाढीका कारण १४४ जनाको मृत्यु « Khabarhub

दक्षिण भारतमा बाढीका कारण १४४ जनाको मृत्यु


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दक्षिण भारतमा बाढीका कारण १ सय ४४ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले दक्षिण भारतमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ४४ पुगेको जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमध्ये ६७ जना दक्षिणी राज्य केरलाका मात्र छन् । त्यसबाहेक अरु दर्जनौं मानिसहरु हराइरहेको र २ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

बाढीले सडक, बिजुली र सञ्चारका पूर्वाधारमा नराम्ररी क्षति पुगेको बताइएको छ । बाढीका कारण विद्यालय, बजार र कलकारखाना बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । यस्तै दर्जनौं रेल सेवा र हवाई उडान रद्द गरिएको छ ।

भारी वर्षा जारी रहेको र भौतिक संरचनामा क्षति पुगेकाले उद्धार तथा खोजीकार्य समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ७ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको