इदको अवसरमा भोलि दुईवटा प्रदेशमा सार्वजनिक विदा « Khabarhub

इदको अवसरमा भोलि दुईवटा प्रदेशमा सार्वजनिक विदा


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुको महान चाड ‘इद उल जोहा’ को अवसरमा दुई वटा प्रदेशले सार्वजनिक विदा दिएका छन् ।

केन्द्र सरकारले विदाबारे कुनै निर्णय नगरेको अवस्थामा प्रदेश २ र प्रदेश ५ ले भने सोमबार सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भोलि विदा दिने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।

यसअघि मुस्लिमहरुकै अर्को महत्वपूर्ण पर्व इद उल फितरको दिन भने सरकारले सार्वजनिक विदा दिएको थियो ।

बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औं दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैं खाने धार्मिक चलन रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ३० बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित