सुरक्षा मजबुद बनाउन सिसी क्यामरा राखिँदै « Khabarhub

सुरक्षा मजबुद बनाउन सिसी क्यामरा राखिँदै


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- शान्ति सुरक्षालाई थप मजबुद बनाउन चितवनको विभिन्न स्थानमा दुई सयभन्दा बढी सिसी क्यामरा जडान गर्ने प्रक्रिया थालिएको छ ।

जिल्लाको बजारक्षेत्रमा यसअघि ४१ सिसी क्यामरा जडान गरिए पनि आर्थिक समस्याका कारण सञ्चालनमा समस्या हुँदै आएका बेला विभिन्न क्षेत्रमा सयाँै सिसी क्यामरा थप्न लागिएको हो ।

पुरानो क्यामरामा नयाँ थप गरेर २८५ वटा सिसी क्यामरा सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनका अनुसार क्यामरा जडानका लागि सर्वेक्षणको काम सकिएको छ । क्यामरा जोड्न रु ९० लाखभन्दा बढी लाग्ने अनुमान गरिएको छ । यसमा ७५ प्रतिशत गृह मन्त्रालय र बाँकी २५ प्रतिशत रकम स्थानीय निकायसँग माग गरिएको जानकारी दिए।

यसपटक भरतपुर महानगरपालिकाको ९१ स्थानमा १६०, रत्ननगर नगरपालिकाको १० स्थानमा १५, कालिका नगरपालिकाको आठ स्थानमा १२, खैरहनी नगरपालिकाको छ स्थानमा आठ, माडी नगरपालिकाको सात स्थानमा १४ र इच्छाकामना गाउँपालिकाको नौ स्थानमा १७ वटा सिसी क्यामरा राख्ने ठाउँको पहिचान भइसकेको जनाइएको छ ।

जडान गर्न लागिएको सिसी क्यामरा सामान्य, घुम्ने र उच्च प्रविधिको खालका छन् । प्रहरी उपरीक्षक मल्लका अनुसार सिसी टिभी निगरानी कक्षा स्थानीय तहको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहनेछ । यसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय चितवनले गर्ने छ ।

जिल्लामा यसअघि जडान गरेको ४१ मध्य पाँच वटा मात्रै सञ्चालनमा छ । बिग्रिएका क्यामराको मर्मत गर्ने काम शुरु भइसकेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । सिसी क्यामरा जडान गरेपछि जिल्लामा हुने दुर्घटनाको कारण पत्ता लगाउन, भागेको सवारीसाधन नियन्त्रण गर्न र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको पहिचान गर्न सहयोगी हुनेछ । क्यामरा सञ्चालनलाई निरन्तरता दिन स्थानीय तह र व्यावसायिक संस्थाको सहकार्यमा मर्मत गर्ने सहमति पनि भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ०० बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई