गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि... | Khabarhub Khabarhub

गोठमा बाँधेको भैंसी अपहरण गरी लाखौं फिरौती मागेपछि…


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समाजमा अनेक रोचक घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । यस्तै रोचक घटना हालै सार्वजनिक भएको छ । घटना भारतको हो । जहाँ अपहरणकारीले भैंसी अपहरण गरी फिरौती मागेका छन् ।

मानिसको अपहरण भएको वा कुनै बस, जहाज तथा सवारी साधनको समेत अपहरण गरिएको सुनेका छौ । तर, भैसी नै अपहरण गरिएका घटना विरलै होलान् । सुन्दा अचम्म लाग्न सक्छ । लाखौं रकम फिरौती माग्न अपहरणकारीले गोठमा बाँधेको भैंसी नै अपहरण गरेको घटना सार्वजनिक भएको हो ।

भारतको उज्जैनकी अंगूरबाला हान्डा नामक महिलाको गोठबाट मध्य रातमा भैंसी अपहरण गरी लाखौं रकम फिरौती माग गरीयो । हान्डा डेरी फर्मकी मालिक अंगुरवालाको गोठमा रहेको मुर्राह जातको भैसीलाई दोश्रो पटक अपहरण भएको हो ।

त्यसो त मुर्राह जातको भैंसीको मुल्य दुई लाख चालिस हजार देखि ८ लाखसम्म पर्ने गरेको छ । अंगूरबालाको गोठबाट यसअघि पनि भैंसीको अपहरण भएको थियो । उनले २ लाखमा सो भैसीलाई फिरौती दिएर छुटाएकी थिइन् ।

तर उक्त घटनाको एक वर्ष नबित्दै फेरी अर्काे भैसी अपहरणमा परेको थियो । भारत प्रहरीले भैसि अपहरणको घटनामा दोषि पहिचान गर्न अनुसन्धान गरीरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र