यूरोकप छनोटः पोर्चुगलको जितमा रोनाल्डोले गरे ४ गोल « Khabarhub

यूरोकप छनोटः पोर्चुगलको जितमा रोनाल्डोले गरे ४ गोल


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– यूरोकप छनोट खेल अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ । लिथुनियाविरुद्धको खेलमा पोर्चुगल ५–१ गोल अन्तरले विजयी भयो ।

पोर्चुगलको जितका लागि क्रिस्टियानो रोनाल्डोले चार गोल गरे । अर्को गोल विलियन कार्भाल्होले गरे ।

खेलको सातौ मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औ मिनेटमा घरेलु टोली लुथानियका लागि आन्द्रेयुसकेविसियसले बराबरी गोल फर्काए ।
६१ औ मिनेटमा रोनाल्डोले पुन पोर्चुगललाई अग्रता दिलाए । त्यसको चार मिनेटमा उनले ह्याट्रिक पुरा गरे ।

७६ औ मिनेटमा उनले पोर्चुगललाई ४–१ को स्थितीमा ल्याएका थिए । दोस्रो हाफको ईन्जुरी समयमा कार्भाल्होले गोल गर्दै पोर्चगललाई फराकिलो जित दिलाए ।

समूह बीको दोस्रो स्थानमा रहेको पोर्चुगलले ४ खेलबाट ८ अंक जोडेको छ । समुहमा एक अंक जोडेको लिथुनिया तालिकाको पुछारमा छ । समुहमा युक्रेन ५ खेलबाट १३ अंक सहित शीर्ष स्थानमा छ । अर्को खेलमा लक्जेमवर्गलाई ३–१ ले हराउँदै सर्विया तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४९ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय